असक्षम प्रहरी प्रमुखलार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्रीलार्इ ज्ञापन पत्र

209

काडमाडौं/ निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग  गर्दै नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएको छ ।

गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पन्त हत्यामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । उनीहरुले पन्तको बलात्कार र हत्याका मूल कारक, बम दिदीबहिनी, कञ्चनपुरका प्रहरी उपरीक्षक र हत्यामा संलग्न अन्य प्रहरी अधिकारी (दसी प्रमाण मेट्ने) व्यक्तिमाथि पनि अनुसन्धान केन्द्रित गर्न माग गरेका छन् ।

विद्यार्थी सङ्गठनले पन्त हत्याकाण्डको सत्यतथ्य छानबिन गरी तत्काल दोषीमाथि कारवाही गर्न माग गरी दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले पन्त हत्याकाण्डमा गठित छानबिन समितिको निष्कर्ष सार्वजनिक गरिने जनाए

बिहीबार दिउँसो गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here