काठमाडौ/नेपाल लगायतका पूर्वी एशियाली मुलुकमा मुटुरोग, क्यान्सर लगायतका नसर्ने रोगको समस्या भयावह अवस्थामा रहेको विज्ञले जनाएका छन् ।
मिसन सेभ हार्ट २०१६ का अवसरमा हार्ट फाउन्डेशन तथा हार्ट क्लब सदस्यहरुले काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भारतको मेदान्त अस्पतालका प्रिभेन्टीभ एण्ड क्लिनीकल कार्डियोलोडीका प्रमुख डा. रवी कास्लीवालले यस्तो जनाएका हुन् ।
काठमाडौमा रहेको नर्भिक अस्पतालले आयोजना गरेको निशुल्क स्वाथ्य परीक्षण कार्यक्रममा सहभागी हुन आएका डा. रवीले दक्षिण एशियामा नसर्ने रोगको प्रकोप बढेको जनाएका छन् । उनले नेपाल लगायतका दक्षिण एशियाली मुलुकहरुमा नसर्ने रोगका कारण २५ प्रतिशत मृत्यु हुने गरेको जनाए ।


















