मरेको भनिएको १० घण्टामा ब्युाझिएपछि…..

178

पत्याउनै नसकिने कुरा–मरेको मान्छेपनि ब्युाझियो भन्दा, तर यो सत्य साबित भएको छ । मरिन् भनिएकी महिला १० घण्टापछि भारतमा ब्युाझिएकी छिन् । ९० वर्षे महिला मृत घोषित गरिएको १० घण्टापछि ब्युाझिएकी हुन् । यतिमात्र त ठीकै थियो तर ती महिलाले आफूले मरेर यमराजसाग भेटघाट गरेर फर्किएको भनेपछि सबै छक्क परेका छन् । भारतको उत्तरप्रदेशस्थित खुर्जा क्षेत्रकी कैलादेवी नामकी वृद्धाको गत जुलाई २५ का दिन मृत्यु भयो । वृद्धाको मृत्यु भएपछि उनका परिवार तथा गाउालेले उनलाई जलाउनका लागि घाटमा लगे । तर घाटमा लगेर राखिसकेपछि जब उनको शवदाह गर्ने तयारी भइरहेको थियो मलामीले उनको शरीर चलेको देखे । पछि हेर्दा त उनी जीवितै भएको पाइयो ।

घाटमा ठूलै हंगामा भयो । मानिसहरू थरथरी कााप्न थाले । मरेको मानिस कसरी बााचेर आयो भनेर सबै अचम्मित भए । कैलादेवीलाई हेर्नेको घुइाचो लाग्यो । आखिर मरिसकेको मानिस कसरी बााच्न सम्भव भयो ? मानिसहरूले कैलादेवीलाई अनेक खालका प्रश्न गरे । कैलादेवीले पनि सबैलाई छक्क पार्ने जवाफ दिइन् । कैलाका अनुसार मरिसकेकी उनलाई यमराज आफौले पुन: धर्तीमा ल्याएर जिउादो पारेर छाडिदिएका हुन् । आफूलाई धर्तीमा छाड्न यमराज स्वयं आएको उनको दाबी छ ।

कैलादेवीका अनुसार जब उनी मरेर परलोक पुगिछन् तब त्यहाा यमराजका दूतहरूले उनको जीवनमरणसम्बन्धी कागजात हेरेछन् । कागजात हेर्दा त उनको मृत्युको समय अझै नआएको ठहर गरिएछ र यमराज आफंैले उनलाई धर्तीमा ल्याएर जिउादै छाडेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here