दीपेन्द्र रोकाया
नेपाली आमा, दिदी बहिनीलाई तिजको रौनक छाउादैछ । संस्कृति आफैमा आफन्तसाग भेटघाट तथा सुख, दु:ख बिसाउने माध्यम पनि हो । यस्ता चाडपर्वले एउटा नयाा विषयवस्तु उठाउाछ, बिर्साउाछ । त्यसमा नजिकबाट हेर्दा घटना, विषय वा प्रसंगले आफुलाई पनि छुन्छ र अरुलाई पनि संवेदनशील बनाउने गर्दछ । यसै क्रममा मलाई पनि एउटा तिजको गितले छोयो–
सागैका साथी सिंहदरवारमा
मलाई केले भुलायो ? बरि लै…
तिजको गीति लय र शब्द आफंैमा प्रयाप्त छ । मैले थप व्याख्या गरिरहनु पर्दैन । राजनीतिको अन्तिम लक्ष्य पद पाउनु हुने गरेको बेला सबैले पद पाउनु र सिंहदरवारमा झण्डा हल्लाउनुलाई सफलता मान्ने गरेको देखिन्छ । राजनीति, उमेर र योग्यता तथा क्षमताका हिसावले कुनै योगदान दिन पछि नपरेकाहरूलाई यस्ता गीतले छुने रहेछ । अभावले थप घायल बनाउने रहेछ । यसरी शब्द र व्यवहारबाट घायल हुनेहरू यहाा धेरै छन् भन्ने लाग्दछ ।
देश घायल नै छ भनें म व्यक्तिको सवाल सामान्य बन्न जान्छ । यहाा मलम लगाउाभन्दा मलाम लगाउने माध्यम भेटिादैन । छिमेकीहरूले उच्चस्तरमा हेरिरहेका छन्, हाम्रा गतिविधिहरू । हामी आाधी आउनुअघिको सतिसाल वा बुख्यााचा ? भनी आफ्नो मुटु आफैंले छाम्नुपर्ने बेला आएको छ । देशका युवा शक्तिलाई गाउामा कमाउने र गाउामै रमाउने आधार नबनाउादासम्म यो देशको मुहारमा खुशी ल्याउन सकिादैन ।
यहााको गरिवी र अभावमा हामी जहाा छौ, जति छ, जे गर्न सक्छांै, त्यहीबाट शुरु गर्न पनि निकै गाहे हुने रहेछ । ईच्छा गरेको विषयमा तालिम लिने, कमाइका लागि केही काम गर्ने गर्ने, त्यसबाट आएको आम्दानीलाई बचत गर्ने र बचत भएको आम्दानीबाट उद्यमी बन्ने सपना, सपना नै भएर उडिरहेका देखिन्छन् । मेरो अध्ययनमा हरेक नेपालीका सपना छन् । अझ सम्पन्न हुन चाहेको देखिन्छ । तर यहाा देशको भाग्य लुटिएको र लुटाएपछि केही हुन सकेको छैन ।
कुराले खाना त के, चिया पनि पाक्दैन । त्यसका लागि सही व्यवस्थापन गर्ने सोच राख्नु पर्दछ । यहाा यही नभएर एउटा तप्काले के किस्सा निर्माण गरेको छ भने पढाईमा पहिलो श्रेणीको व्यक्ति डाक्टर, पाइलट र इञ्जिनियर बन्छ । दोस्रो श्रेणीको शिक्षक तथा कर्मचारी र तेस्रो श्रेणीका चााहि राजनीतिमा लागेको छ । राजनीतिमा समर्पण तथा उच्च जोखिम मोल्नु पर्दछ भन्ने कुरा यस किस्सा निर्माण गर्ने तप्कालाई बोध हुादैन । सबै गुण र विज्ञता एउटै व्यक्तिमा सम्भव हुादैन । यसैले हरेक पहुाचवालाले आफ्नो जे भन्यो त्यही मान्ने मान्छेको किचन क्याविनेट बनाएका देखिन्छन् । तर तिनले आफ्नो सामाजिक ऐना हेर्नका लागि आफ्नो आलोचकलाई समावेशी गर्न सकेका छैनन् । परिणामस्वरूप सम्भावित दुर्घटनालाई संस्थागत गरिरहेका छन् ।
जो मान्छे देश, समाजबाट डराउाछन्, उनीहरू राम्रोलाई भन्दा हाम्रोलाई प्राथमिकता दिन्छन् । तर जसले देश हााक्न र इतिहास रचना गर्न चाहन्छ, उसले हाम्रोभन्दा राम्रो र इतिहासको रचना गर्ने भुाई मान्छेहरू चिन्दछ । पञ्चायतकालमा राजा महेन्द्रले देश दौडाहा गर्ने क्रममा सल्यानका शिक्षक मरिचमान श्रेष्ठलाई चिनेजस्तै । श्रेष्ठले आखिरी संकटका समयमा आफ्नो वर्गका लागि सतिसाल भएर उभिएका थिए । संकटका घडिमा देशलाई साथ दिने सोच भएका नेता र युवाहरू यो देशमा नभएका होइनन् तर तिनको अभिभावक राजनीतिज्ञ तथा नेताको अभाव महसुस भईरहेकैछ ।
हुन त हामीले कल्पेको नेता आकाशबाट उडेर आउने होइन, अर्कै ग्रहबाट ल्याउन पनि सकिादैन । यहीाको माटोसाग खेलेको व्यक्तिको खोजी गर्नुपर्ने हुन्छ । माओ, गान्धी, मण्डेला उनीहरू त्यही देशको माटोलाई माया गर्ने योद्धा थिए, जसका कारण त्यो देश बन्यो । अहिले हामीले समकालीन नेपाली नेताहरूमा विभिन्न आलोचनाको बीचमा पनि प्रचण्डलाई देशको अभिभावक मानिरहेका छांै । उनलाई हरेक हिसावको पीडा पनि छ । उनले आन्तरिक तथा बाह्य सन्तुलन मिलाउनु पर्दछ । यसमा पार्टी हेडक्वार्टर टिमले निस्वार्थ रूपमा साथ दिनु पर्दछ ।
यहाा पार्टी अध्यक्ष प्रचण्डले सम्पूर्ण पार्टी सरकारमा छ भन्ने तरिकाले पार्टीका सबै कार्यक्रमलाई सरकारी कामले प्रभावित बनाउनु हुादैन । यसो गर्दा आगामी स्थानीय तहको निर्वाचन निकै प्रभावित हुन जानेछ । आन्तरिक रूपमा पार्टीको पहलकदमी गुम्नेछ भने बाह्य रूपमा निर्वाचनको माहौल निर्माणमा नलागेको आरोप लाग्नेछ । यसबाट पार्टीलाई बचाउनु छ भने पैतिस सय, चार हजार वा पााच हजारको महाधिवेशन आयोजक समितिलाई केन्द्रीय समिति भनिएको छ । अंग्रेजीमा त्यसलाई सेन्ट्रल कमिटी अर्थात् सीसी भन्ने गरिएको छ, यसलाई सेल कमिटी माने पनि हुन्छ तर कार्यकारी भूमिका दिन सके देशको भाग्य र भविश्य देख्ने नेताहरू देशभर अझै छौं भन्ने देखिरहनु राम्रो कुरा हो ।
माओवादी एकता र नेता बन्ने र बनाउने प्रक्रियालाई महत्वकांक्षा मात्र नहेरी राजनीतिक पुनर्जागरण हो भनी मान्दा हुन्छ । किनकि अझै एकताको प्रक्रिया अघि बढिरहेको छ । माओवादी आन्दोलन विघटन नहोस् भन्ने चाहना जताततै पाइन्छ । अझ नेता हुन म छुटे नि ! भन्दै देश विदेशबाट माओवादी आन्दोलनमा लगानी गरेकाहरूले सम्पर्क गरिरहेका छन् । यस्तो बेला पालुङटारबाट फर्केपछिको पेरिसडााडा नभई सबैखाले हण्डर ठक्करबाट पाठ सिकेको पेरिसडााडा हुनुपर्दछ । नेपाल सम्भावनै सम्भावनाको देश हो । तर यहाा ईच्छाशक्तिको अभावमा गरिवी संस्थागत भएको छ । उपरीसंरचनामा भएको वर्गको स्वच्छेचारिता बढेको छ । महंगी बढेको छ । ढाड सेक्ने त गरिब र निर्धाको मात्र रहेछ भन्ने देखिएको छ ।
यसैले विगतका संकटमा भगवानको परिकल्पना, देउताको परिकल्पना, राजाको परिकल्पना भएको र हाल त्यो रूप नेताको रूपमा देखापरेको छ । यसमा कति सफल छन्, कति असफल । तर मेरो विचारमा असफलताले सफलताको बाटो खोजिरहेको हुन्छ । ईतिहासमा नयाा राजनीतिक जागरण ल्याउने माओवादी जनयुद्धको तागतलाई सही रूपमा व्यवस्थापन गर्न सके यहाा हरेक देशमा देखापर्ने रक्तपातपूर्ण आन्दोलन विकास आन्दोलनमा परिणत हुने अवस्था छ । यो सम्भावनालाई नेपालको अभिभावकले सोच्न ढिला भइरहेको छ ।
यसकारण पानी एउटै हो, त्यो जिउनका लागि खानेपानीको व्यवस्था गर्नुपर्दछ । खेतीको लागि सिंचाईको व्यवस्था गर्नुपर्दछ भने उद्योगका लागि जलविद्युत निकाल्नुपर्दछ । भनाईको मतलव सफलता र असफलता सिंहदरवार छिर्नेसाग मात्र होइन, सपना देख्ने र कार्यान्वयन गर्ने तह चिन्ने सवाल मुख्य हो । मान्छे बुढो भएर पनि केही हुादो रहेनछ, ईच्छाशक्ति बुढो भएन भने विद्यार्थी र युवा भन्ने कुरा उमेर र कक्षागत तह नापेर हुादैन रहेछ भन्ने देखिएको छ । यहाा १ र १ लाई जोड्दा १ नै देख्ने विद्यार्थी पनि छन् । १ र १ जोड्दा २ देख्ने विद्यार्थी पनि छन् । १ र १ जोड्दा ११ देख्ने विद्यार्थी पनि छन् । १ र १ जोड्दा १११ देख्न सक्नुपर्ने तह पनि छ । के हामी १ र १ जोड्दा १११ देख्ने राजनीतिशास्त्रको विद्यार्थी हुन सकौंला ?















