काठमाडौं । गोल्छा अर्गनाइजेसनको लगानीमा नवलपरासीको परासीमा मोटरसाइकल निर्माण कम्पनीको स्थापना हुने भएको छ । बजाज ब्रान्डको मोटरसाइकल निर्माण गर्ने गरी रामग्राम नगरपालिका–१५ मा कम्पनी स्थापना गर्दै गरेको गोल्छा अर्गनाइजेसनले जनाइएको छ ।
२०७० फागुनबाट कम्पनी स्थापनाका लागि काम सुरु गरेको भए पनि भारतीय नाकाबन्दी एवम् मधेस आन्दोलनका कारण उद्योगको भौतिक पूर्वाधार निर्माणको काम समयमा सम्पन्न गर्न नसकिएको जानकारी गराइएको छ । पूर्वाधार निर्माण काम सुरु गरेको ६ महिनामा निर्माण सम्पन्न हुनेगरी काम सुरु गरिएको भए पनि अहिले मात्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो । यस उद्योगले १६ बिघा क्षेत्रफलमा फैलिएको अत्याधुनिक मोटरसाइकल कम्पनी स्थापना गर्न लागेको जनाइएको छ ।


















