समुद्री किनारामा रगत निस्किने ढुंगा

299

हामीले अनेकखाले ढुंगा देखेका छौं तरपनि रगत निस्किने ढुंगा भने पक्कै पनि नदेखेको हुनसक्छ । चिली तथा पेरुको समुद्री किनाराहरूमा यस्तो ढुंगा पाइन्छ । यो पत्थरलाई अंग्रेजीमा ‘प्युरा चिलिन्सिस’ नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

मानिसहरू समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् । यसको प्रमुख कारण भने पत्थरभित्रको मासु निकै महंगोमा बिक्री हुनु नै हो । यो ढुंगाको मासु कााचै खान मन पराइन्छ । आखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनै पनि हालतमा छैन । वास्तवमा यो निर्जीव ढुंगा नभई एउटा सामुद्रिक जीव हो । जसले श्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउाछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here