प्रधानमन्त्री दाहालको दिल्ली भ्रमण र बादलको सपना

180
हुकुमबहादुर सिंह

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्लीको भ्रमण गर्दै छन् । तर दिल्ली इतिहासदेखि अहिलेसम्म नेपालका लागि असल छिमेकी प्रमाणित हुनसकेको छैन । यसका लागि उसको उसका छिमेकीहरूमाथिको हैकमवादी र विस्तारवादी चिन्तन बाधक बनेर रहादै आएको छ । भारतीय सत्ता जसलाई अन्तर्राष्ट्रिय रूपमा त्यहााको गुप्तचर संस्था ‘रअ’ले चलाइराखेको छ, त्यसले नेपालमाथि सधैं उसको सुरक्षा अवधारणा जसलाई नेहरूकै पालामा डा.बल्लभभाइ पटेलले व्याख्या गरेका थिए– भारतको सुरक्षा सिमाना नेपालको उत्तरको हिमाल हो । दिल्लीको यही विस्तारवादी सोच नै अहिले पनि नेपाल–भारत सम्बन्धमा नेपालका लागि शरीरमुनिको महान् पत्थर बनेर रहेको छ । नेपालका सरकार प्रमुखहरू, जसले त्यो पत्थरलाई अलिकति पनि हलचल गराउन खोजे वा खोज्ने प्रयासमात्र गरे र गर्दछन्, दिल्लीको नीति के कसरी हुन्छ त्यो सरकारलाई विस्थापन गराउने नै रहादै आएको छ । र, वर्तमानमा देखिएको सरकार परिवर्तनका पछाडि पनि यसैले काम गरेको छ भन्नेमा बहुसंख्यक सचेत नेपालीमा विश्वास छ ।

नेपालमा भएका प्रत्येक परिवर्तनबाट दिल्लीले नै बढ्ता फाइदा लिने रणनीतिमा उसले काम गर्दै आएको छ । नेपाली कांग्रेस र तिनका नेताहरू भारतका लागि हितैषी मानिन्छन् र इतिहासले उनीहरूले नेपाललाई बेफाइदा गराएर भए पनि भारतको फाइदालाई ध्यान दिएर काम गरेका अनेकौं उदाहरणहरू छन् । तर पनि उसले बेलाबेलामा नेपाली कांग्रेस सरकारमा भएर भन्दा नभएर बढ्ता फाइदा लिने सम्भावना देखेको समयमा उसलाई सरकारबाट हटाउन नेपालभित्रका अन्य राजनीतिक दलहरूलाई सहयोग गरेर भए पनि साथ दिएका उदाहरणहरू छन् । राणा, राजा र माओवादी आन्दोलनको समयमा समेत दिल्लीले अपनाएका रणनीतिहरू यसका बलिया उदाहरणहरू हुन् । भर्खरै केपी ओलीको सरकारबाट माओवादीलाई मूलत: दाहाललाई निस्किन लगाएर नेपाली कांग्रेससित गठजोड गराएका कुरा त घाम जत्तिकै प्रष्ट भएको छ । मैले यहाा मूलत: दाहाललाई किन भनेको भने माओवादी केन्द्रभित्र अत्यधिक संख्या वर्तमान गठबन्धनभन्दा पहिलेकैलाई केही परिवर्तन गरी सञ्चालन गर्ने थियो ।

इतिहास र वर्तमान दुवै अवस्थामा नेकपा एमाले जसका नेता केपी ओलीले थिए र छन्, दाहालले भन्दा दिल्लीको हितमा उनले काम गरेको उदाहरणहरू नभएका होइनन् । तर अहिले केपी ओलीले भारतीय कांग्रेसको इशारामा मोदीसित जे जस्तो व्यवहार गरे, त्यसले उनलाई नेपालभित्र एउटा देशभक्त र बाहिर भारतविरोधी खासगरी मधेशी नेताहरूका विरुद्ध उभिने परिस्थिति बनायो । हुन त प्रचण्ड आफू दिल्ली जानुभन्दा अगाडिका उनका अभिव्यक्तिहरू– मेरो दिल्ली भ्रमण अगाडि नै संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने त कहिले भ्रमणपछि गर्ने, मेरो र मोदीको केमेष्ट्री मिल्छजस्ता अति हल्का देखिने खालका भनाइहरू आएका छन्, त्यसले त झन् नेपाली जनतालाई झस्काएको छ । एउटा मात्रै झिनो विश्वास अझै उनका पार्टीभित्र र बाहिरका देशभक्त बुद्धिजीवीहरूमा के छ भने देश र जनताको मुक्तिका लागि हजारौा जनताको रगत बगाएका जनयुद्धका भूपू नायकबाट कम्तीमा पनि त्यस्तो जघन्य अपराध त हुनेछैन । तर के भन्न सकिन्छ र आखिरमा सोही जनयुद्धका अर्का भूपू नायक बाबुरामबाट नेपाल र नेपाली जनताको स्वाभिमानमाथि उनकै शब्दमा जुवा खेलेकै त हुन् । अहिले पनि प्रचण्डले काठमाडौंका जनताका अगाडि विभिन्न अन्तक्र्रियात्मक गोष्ठीमार्फत मलाई रिस्क लिने मौका त दिनुस् भन्नुका पछाडि उनले पनि कतै रिस्कको नाममा नेपाल र नेपालीमाथि अर्को गलत काम त गर्ने छैनन् ? गम्भीर प्रश्न र शंका उठ्नु स्वाभाविक हो ।

भारतले नेपालको शान्ति, सुरक्षा र विकासबाट चाहेको के हो ? त्यो नेपाल भ्रमणमा आएका विभिन्न भारतीय नेताहरूका अभिव्यक्ति र लेखहरूबाट स्पष्ट नै छ । यसै सन्दर्भमा भर्खरै काठमाडौं आएर भारतीय नेताले नेपाल केवल भुटानको अवस्थामा रहे मात्रै हामी खुशी हुनेछौा भनेर अभिव्यक्ति दिएका थिए । त्यस्ता अभिव्यक्तिबाट सचेतताको आवश्यकता त छ नै, साथै आमनेपाली जनतामा त्यस्ता अभिव्यक्तिका विरुद्ध सशक्त विरोधको आवश्यकता पनि छ । नेपालको भारतीय दूतावासमा बैठक गरी संविधानको संशोधनका बुादाहरू राख्ने मधेशका तथाकथित नेताहरूका आवाजहरूलाई पनि सही विश्लेषणको आवश्यकता छ र प्रधानमन्त्रीका अभिव्यक्ति पनि दिल्लीलाई खुशी बनाउन नेपालको संविधानको संशोधन गर्नुपर्ने खालका छन्, जो गलत छन् । के स्पष्ट हो भने दिल्लीलाई खुशी बनाएर नेपालको संविधानको कार्यान्वयन हुन सक्दैन । सर्वहारावर्गको राज्यसत्ता स्थापना गर्न भनेर देशलाई यो अवस्थामा ल्याउन नेतृत्व गरेका वर्तमान प्रधानमन्त्रीले यही दलाल पुाजीपति तथा नोकरशाहाको पक्षमा लेखिएको संविधानको कार्यान्वयनका लागि यति धेरै कसरत किन ? जब कि उक्त संविधानका विरुद्ध बहिस्कार गरेको एउटा ठूलो शक्तिलाई म अब रूपान्तरण हुन्छु, क्रान्तिलाई अगाडि बढाउनु छ भनेर एकता प्रक्रियामा लगेर माओवादी केन्द्र बनाएर हजारौालाई माओवादी केन्द्रमा नेतृत्वको झोला थमाएका प्रचण्डले जब सरकारमा मन्त्री बनाउने, राजदूत नियुक्ति तथा अन्य राजनीतिक भर्नामा एकतामा गएकालाई बेवास्ता गरेका आदि र अहिलेको भारत भ्रमणका दौरानमा उनले दिएका अभिव्यक्ति आदिले बादलहरूले जे भनेर एउटा बहुमत माओवादीहरूको कित्तालाई नेकपा (क्रान्तिकारी माओवादी)बाट फुटाएर प्रचण्डको नेतृत्वमा विलीन गराएका थिए, के तिनीहरूले अहिले भन्न सक्नुपर्दैन ? कि प्रचण्ड अब क्रान्तिका लागि रूपान्तरण हुादैनन् ? अथवा बादलहरूको भित्री चाहना पनि त्यही थियो ? जो अहिले प्रचण्डले पूरा गर्दै छन् ?!

तैपनि प्रचण्डको बचे खुचेको राष्ट्रियता अब के हुने हो ? परीक्षणको घडी यही दिल्ली भ्रमणबाट सुरु भएको छ र अन्त्य के हुने हो, त्यसको पनि यही भ्रमणको अन्त्यसितै थाहा लाग्नेछ । अस्तु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here