रक्तदानलाई जीवनदान भनिन्छ, त्यही जीवनदान गर्नका लागि एक जना १४ वर्षीया बालिका आफ्नो उमेरको ख्यालै नगरी रक्तदान गर्न तयार भइन् । कारण बालिकाकी एक जना छिमेकी घरको छतबाट खसेर रगत अभावमा मृत्युसाग लड्दै थिइन् । वि.सं.२०३६ सालतिरको कुरा हो त्यो, जतिबेला कसैलाई आवश्यक पर्दैमा सहजै रगत पाउने अवस्था थिएन । ती बालिकाले छिमेकीको ज्यान बचाउन आफौ रक्तदान गर्न तयार भइन् । दुर्भाग्य उनले जसका लागि रगतदान गरेकी थिइन्, ती महिला उनले दिएको रगत लिन नपाउादै संसारबाट विदा भइसकेकी थिइन् । यो घटनाले ती बालिकाको मनमा गहिरो छाप छोड्यो । अन्तत: उनी रगतको अभावमा छट्पटाइरहेका बिरामीहरुका लागि निरन्तर रक्तदान गर्ने अभियानमा लागिन् । तिनै बालिकाले हाल नेपालमा सबैभन्दा धेरै पटक अर्थात् १३५आौ पटक रक्तदान गर्ने तथा विश्वमा सबैभन्दा बढी रक्तदान गर्ने महिलाका रुपमा आफ्नो स्थान बनाएकी छिन्, जसको नाम हो नीता घिरैया ।
अग्रवाल परिवारमा बाबु रघुनाथ तथा आमा अंगुरीदेवीको कोखबाट २०२२ सालमा काठमाडौंको एंगालटोलमा जन्मिएकी नीताले पहिलोपटक वीर अस्पतालमा रहेको लक्ष्मी ब्लड बैंकको दुर्गन्धित कोठामा रक्तदान गरेकी थिइन् । छिमेकी महिलाको ज्यान जोगाउन रक्तदान सुरु गरेकी उनले अहिले पनि जब रक्तदान गर्छिन्, त्यतिबेला उनलाई तिनै छिमेकी महिलाको सम्झनाले सताउाछ । जीवनमा कहिल्यै सुईले नघोचिएको नीताको शरीरमा रक्तदान गर्न सुरु गरेपछि भने सुई उनको साथीजस्तै बनेको छ । एसएलसीसम्मको अध्ययन पूरा गरेकी नीता आफ्नो शैक्षिक योग्यता कम हुनुका पछाडि माइती समुदायमा छोरीहरुलाई पढाउनु हुादैन भन्ने मान्यता मुख्य कारण रहेको जनाउाछिन् । तथापि उनलाई स्कुल जानबाट वञ्चित भने गरिएको थिएन । राजनीतिप्रति चासो राख्ने नीता नेपालका राजनीतिक दलका नेताहरुसाग भने फिटिक्कै सन्तुष्ट छैनन् । यही असन्तुष्टिका कारण उनलाई कहिलेकाहीा मुलुक बिगार्ने नेताहरुको सूची बनाएर बदला लिएर राजनीतिमा अग्रसर भइहालुा जस्तो लाग्छ । त्यसो त उनले मौका पाएको खण्डमा देशका लागि केही गरेर देखाउनसक्छु भन्ने सोच पलाउाछ । तर नेपालको राजनीतिक वातावरणका कारण उनलाई दिक्क लागेर आउाछ । नेपालबाट दैनिक हजाराौ युवाहरु वैदेशिक रोजगारीका लागि विदेशतिर पलायन भइरहादा त्यसलाई राजनीतिक नेतृत्वले रोक्ने प्रयास नगरेको देखेर उनलाई दु:ख लाग्छ । 
रक्तदानका बारेमा स्कुल तहदेखि नै बालबालिकाहरुलाई पाठ्यक्रममा व्यवस्था गरेर जानकारी गराउनुपर्ने तर्क राख्ने नीता रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने कामना गर्छिन् । विश्वमै सबैभन्दा बढी रक्तदान गर्ने महिला बनेकी उनलाई आफ्नो नाम गिनिज बुकमा लेखाउने रहर छ । बी पोजिटिभ रक्त समूहकी नीता नेपालको ठूलो सम्मान मानिने गोरखा दक्षिण बाहु तथा भारतमा नवरत्न अवार्डलगायतका सयाौ सम्मानहरुबाट सम्मानित भएकी छिन् । उनी काम गरेर तुरुन्त प्रतिफलको अपेक्षा गर्न नहुने तर्क गर्छिन् । उनले आफ्नो उदाहरण दिादै भनिन्, ‘मैले ३६ वर्ष अघिबाट समाज सेवाको काम सुरु गरेकी थिएा, जसले आज मलाई चिनाइरहेको छ । त्यही कामकै कारण आज म विभिन्न सम्मानको हकदार बनेकी छु ।’
गत वर्ष वैशाख १२ गते गएको शक्तिशाली भूकम्पभन्दा केही समय पहिले नीता रक्तदानका लागि हनुमानढोकास्थित काष्ठमण्डप भवनमा पुगेकी थिइन् । तर उनको रगतको चाप कम भएकाले उनी रक्तदान नगरी घर फर्किनुपर्यो । उनी फर्केको आधा घण्टापछि सोही ठाउामा भूकम्पमा परी रक्तदान गरिरहेका १३/१४ जनाले ज्यान गुमाएको खबर उनको कानमा पर्यो । त्यो दिन उनको रगतको चाप सही भएको भए सायद उनी पनि त्यो घटनामा पर्न सक्थिन् । तर संयोगले उनी बच्न सफल भइन् । त्यो दिनको घटनाले उनलाई निकै दु:खी बनायो । साथै आफू बााचेकोमा उनलाई आश्चर्य लागेर आउाछ । नीता राम्रो काम गर्दा केही दु:ख हुने तर त्यसबाट प्राप्त हुने सन्तुष्टिको वर्णन गर्न नसकिने जनाउाछिन् । नराम्रो काम गर्नेहरुलाई तत्कालका लागि केही फाइदा भए पनि भविष्यमा आत्मग्लानी हुने उनको तर्क छ । उनी आत्मसम्मान हुने र भविष्यमा समेत सन्तुष्टि मिल्ने किसिमको कामको खोजी गर्न सबैसाग आग्रह गर्छिन् । उनको प्रेरणादायी र रक्तदानमार्फत जीवनदान गर्ने यो पवित्र यात्राले निरन्तरता पाइरहोस्, हाम्रो पनि शुभकामना ।

















