महिलाहरूलाई स्वरोजगार बनाउन जुत्ता बनाउने तालिम

183

काठमाडौं/ नेपाल हस्तकला महासंघ र मनकामना ढाका कपडा उद्योगको सहकार्यमा सात दिने ढाका जुत्तासम्बन्धी तालिम सुरु भएको छ । ललितपुरको नख्खुमा सुरु भएको तालिमको एक कार्यक्रमकाबीच हस्तकला महासंघकी उपाध्यक्ष रत्नेश्वरी गोर्खाली श्रेष्ठले उद्घाटन गर्नुभएको थियो ।

उक्त तालिममा ढाकाका जुत्ता कसरी बनाउने, यसको बजार प्रवद्र्धन कसरी गर्ने लगायतका विषयमा प्रशिक्षण दिइने मनकामना ढाका कपडा उद्योगले जनाएको छ । गृहणी तथा बेरोजगार महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको उद्योगले विगतमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको उद्योगकी सञ्चालिका राज्यलक्ष्मी शाक्यले जानकारी गराउनुभयो । महिलाहरूलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्दश्यले आइतबारदेखि सुरु भएको तालिम यही १० गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागी १३ जनालाई प्रशिक्षणको प्रमाणपत्र वितरण गरिनुका साथै  नेपाल हस्तकला महासंघका का.मु.अध्यक्षद्वारा प्रशिक्षणको समापन गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here