गोरो बच्चा जन्मिए हत्या गर्ने संस्कार

396

हिन्द महासागरमा रहेको भारत तथा म्यानमार नियन्त्रित अण्डामान टापुमा बस्ने एउटा आदिवासीको परम्परा बडो क्रूरको छ । उक्त समुदायमा जन्मिने ती बच्चाहरूको हत्या गरिन्छ, जसका आमाहरू या त विधवा छन् या त ती बच्चाका पिताहरू अन्य समुदायका हुन् । कालो वर्णको शरीर हुने यो आदिवासी समुदायमा यदि कुनै महिलाले कालो नभई थोरै पनि गोरो रंगको छाला भएको बच्चा जन्माइन् भने त्यो बच्चालाई समेत मारिन्छ । गोरो बच्चा आफूहरूको समुदायको भन्दा भिन्न हुने मान्यताका कारण यस्तो क्रूर काम गरिन्छ । पछिल्लो केही महिनामा त्यहाा यस्ता बालहत्याका केही घटना सार्वजनिक भएका छन् ।

अण्डामान टापुको उत्तरी इलाकामा यो जाति बस्दछ । यसको जनसंख्या झण्डै ४ सय छ । ५५ हजार वर्ष अघिदेखि यो जारवा जनजाति उक्त ठाउामा बस्दै आएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here