अब उपभोक्ता ठगिए तीन वर्ष कैद, पाँच लाखसम्म जरिवाना हुने

222

काठमाडौं/ उपभोक्ता ठगिएको पाए अब तीन वर्ष कैद पाँच लाखसम्म जरिवाना तथा उचित क्षतिपूर्तिको व्यवस्थासहितको उपभोक्ता संरक्षण सम्बन्धी विधेयक संसदमा पेश भएको छ ।

उक्त विधेयक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दर्ता गराएका हुन् । उपभोक्ताको हितमा लागू हुने गरि वस्तु तथा सेवा उपभोग गरेवापत निजको मृत्यु भएमा उचित क्षतिपूर्तिसहित बिक्रेताबाट खरिद गरेको वस्तु चित्त नबुझेमा रकमनै भुक्तान गर्नुपर्ने समेतको व्यवस्था गरिएको छ ।

उपभोक्ता ऐनले उपभोक्तालाई मार पर्ने काम गरेमा उत्पादक, पैठारीकता, ढुवानीकर्ता, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकले आफ्नो दायित्व पूरा नगरेमा वा दायित्व उल्लंघन गरेमा कसुर गर्ने वा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद वा तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने व्यवस्था गर्न लागेको छ ।उत्पादक तथा यससँग सम्बन्धित अन्य सरोकारवालाई समेत दण्ड जरिवानाका साथै सजायको व्यवस्था गरिएको छ ।

तोकेको अवधिभित्र सामान फिर्ता नलिएमा वा त्यस्तो मूल्य बराबरको सामान सट्टा नदिएमा अर्थात उत्पादकबाट उपभोक्ता हकहितमा आँच आउने, स्वास्थ्यमा हानी पुर्याउने कुनै अनुचित कार्य गरेमा पनि तीन लाखदेखि पाँच लाखसम्म जरिवाना वा दुवै व्यवस्था हुन सक्ने व्यवस्था प्रस्तावित ऐनमा गरिएको छ ।

बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा सेवा प्रदायकबाट कुनै कसुर गरेको भेटिएमा कसुर बमोजिम तत्काल पाँच हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गर्न पाउने छ । अनुचित व्यापारिक क्रियाकलाप गरेमा दुई लाखदेखि तीनलाखसम्म जरिवाना गर्न पाउने छ ।

प्रस्तावित विधेयकले उपभोक्ताको क्षतिपूर्तिको समेत व्यवस्था गरेको छ । यस ऐन विपरीत वस्तु वा सेवा सेवाको उपभोगबाट घाइते भएमा उपचार र निजको परिवारको आर्थिक अवस्था समेतलाई ध्यानमा राखेर क्षतिपूर्तिको व्यवस्था गरिएको छ ।

प्रतिकूल वस्तु सेवनबाट निजको मृत्यु भएमा उसको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने बताइएको छ । घाइते परिवारको दैनिक गुजारा चलाउन गर्नुपर्ने व्यवस्थासमेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here