सन्याषी जिवन बिताउँदै आएका जोगी बाबा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ

497

बुटवल/ सन्याषी जोगी बाबा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका छन् । २० वर्ष देखि सन्याषी जिवन बिताउँदै आएका जोगी बाबाले बुटवलमा अप्राकृतिक मैथुन गदै गर्दा पक्राउ परेका हुन् ।

सडक बालकहरुलाई आफनो कोठामा बोलाउने उनिहरुलाई पैसा दिने अनि अप्राकृतिक मैथुन गर्ने भारतको उडिसा घर बताउने ५५ वर्षिय सुन्दर पुरीलाई ईलाका प्रहरी कार्यालय बुटवलले विहिवार पक्राउ गरेको प्रहरी नायव उपरिक्षक डिल बहादुर मल्लले जनाउनु भयो ।

बाबाले दिन भर घरघरमा भिक्षा माग्दै हिडने साझँ बिहान सडक बालकलाई पैसा दिने लोभमा अप्राकृतिक मैथुन गराउने गरेको स्थानिय जनप्रतिनिधीले देखेपछि प्रहरीलाई खबर गरिएको हो ।

बुटवलको थोक कृषि उपज केन्द्र नजिकै भाडामा बस्ने बाबाले दुई सडक बालकलाई विगत २० दिन देखि नियमित रुपमा अप्राकृतिक मैथुन गर्ने गरेको ति बालकले प्रहरी समक्ष जनाएको प्रनाउ मल्लले जनाउनुभयो ।

पक्राउ परेका बाबाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अप्राकृतिक मैथुन अभियोगमा पक्राउ परेकालाई ३ वर्ष कैद र ३० हजार जरीमाना हुने कानुनी व्यवस्था रहेको छ ।नेपाल समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here