तनहुा जिल्लाको मानुङ्गमा जन्मिएर हाल व्यास न.पा. दमौलीमा स्थायी बसोबास गर्दै आएका अशोक श्रेष्ठको सामाजिक कामप्रति बढी नै लगाव छ । स्पष्टवक्ता अशोक आफू सत्य बोल्दा अर्काेलाई असर पर्ला भनेर सत्यलाई तोडमोड गर्दैनन् । सामाजिक सेवाप्रतिको लगाव र प्रष्टवक्ता भएकै कारण उनको गाउामा उनलाई सबैले सम्मान गर्छन् । सानैदेखि सामाजिक काम गर्नुपर्छ भन्ने धारणा बोकेका उनी कमजोर वा अवसरबाट वञ्चित भएकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ वा अवसर प्रदान गर्न सकिन्छ भन्ने विषयमा सधैं चिन्तित हुन्छन् । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि २०६२/०६३को जनआन्दोलनसम्म परिवर्तनकारी यात्रामा आफ्नो जिल्लामा निर्णायक भूमिका निर्वाह गर्दै आएका उनी राजनीतिक दलको केन्द्रमा रहेकाहरुले स्थानीय स्तरमा रहेर सक्रिय भूमिका निर्वाह गर्नेको उचित मूल्यांकन नगर्ने गरेको जनाउाछन् । हाल लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रक्ट ३२५ बीअन्तर्गत २०१६/१७ को द्वितीय भाइस गभर्नर समेत रहेका उनी राजनीतिक दलहरुको गलत सोच र नेतृत्वदायी भूमिकाको अभावमा मुलुकले विकासको गति लिन नसकेको दाबी गर्छन् । देशको स्थायी सरकार भनिने कर्मचारीतन्त्रको कमजोर प्रदर्शन, पर्याप्त अध्ययनको अभाव, भ्रष्ट आचरण, भाषागत कमजोरी, गैरजिम्मेवारी र काम नगरी लुट्ने प्रवृत्तिका कारण पनि मुलुकको विकास हुन नसकेको उनको तर्क छ ।
वि.सं. २०४५ सालदेखि तनहुा लायन्स क्लबको संस्थापक सदस्य रहेका उनी हाल उक्त संस्थामा रहेर धेरै लामो समयदेखि मानवीय सेवा गर्दै आएका छन् । गरिब, दु:खी, अपांग, कमजोर आर्थिक अवस्थामा रहेका मानिसहरु, न्यूनतम आवश्यकताका सानातिना पूर्वाधार निर्माणलगायतका काम गर्दै आएका श्रेष्ठले आफूलाई यस्ता काम गर्दा आनन्दको अनुभूति हुने गरेको जनाउाछन् । उनी मानिसहरु आर्थिक रुपमा समृद्ध भएर भन्दा पनि आत्मसन्तुष्टिलाई सबैभन्दा ठूलो ठान्छन् । ‘समाजसेवाका क्रममा भोको मान्छेलाई भात खुवाउादा, तिर्खा लागेकालाई पानी खुवाउादा समेत खुशी महसुस हुन्छ’, उनी भन्छन् । चीसो मौसममा जाडोले कठ्याङ्ग्रिएकालाई न्यानो लुगा दिादा होस् वा खुला आकाशमुनि बसेकाहरुलाई पालको व्यवस्था गर्दा होस्, उनलाई यस्ता काम गर्दा निकै आनन्द महसुस हुन्छ । यस्तै, समाजसेवाको भावनाबाट ओतप्रोत भएका उनको यो दैनिकी जस्तै बनेको छ । अशोकले आफ्नै सक्रियतामा भएको एउटा समाजसेवाको उदाहरण दिादै भने ‘म १९९४/९५मा तनहुा लायन्स क्लबको अध्यक्ष थिएा । त्यतिबेला मेरै सक्रियतामा लमजुङ्गको दुईपिप्ले भन्ने ठाउामा एकहप्ते आाखा शिविर सञ्चालन भएको थियो, उक्त शिविरमा एक जना महिलालाई बोकेर ल्याइएको थियो । दुवै आाखा नदेख्ने ती महिलाको नाम माया नेपाली थियो । डाक्टरले जााच गरेपछि थाहा भयो, ती महिलालाई मोतीविन्दु लागेको रहेछ । करिब ५० वर्षीया उनको डाक्टरले भोलिपल्ट दाहिने आाखाको अप्रेशन गरिदिए । पर्सिपल्ट बिहान आाखाको पट्टि खोल्दा ती महिला एउटा आाखाले देख्न सक्ने भएकी थिइन् । उक्त स्वास्थ्य शिविर मेरो पहलमा भएको भन्ने सुनेपछि उनी आएर मलाई गम्लङ्ग आगालो हालेर खुशीका आासु झारिन् । त्यो घटनाले मलाई निकै खुशी र हौसला प्रदान गर्यो । त्यतिबेला म आफौलाई पनि एउटा ठूलै लडाइा जितेजस्तै लागेको थियो ।’ श्रेष्ठकै सक्रियतामा अर्काे वर्ष तनहुाकै भानुभक्तको जन्मस्थल चुादिरम्घामा आाखा शिविरको आयोजना गरी माया नेपालीको देब्रे आाखाको पनि सफल अप्रेशन गरिदिएपछि हाल उनी दुवै आाखा देख्न सक्ने भएको अशोकले जानकारी दिए । अशोक उक्त घटनाले आफूलाई जीवनमा समाजसेवा र मानवीय कामभन्दा अर्को ठूलो कुनै नरहेको आभाष भएको जनाउाछन् । त्यो घटनाले नै आफूलाई अहिलेसम्म पनि समाजसेवामा लागिरहन प्रेरणा मिलिरहेको उनको तर्क छ ।
सामान्यतया लायन्स क्लबमा एक वर्ष मात्र नेतृत्वमा बसेर काम गर्ने प्रचलन भए पनि साथीहरुको आग्रहमा पुन: अर्को वर्ष पनि अध्यक्ष भएर काम गर्ने अवसर पाएको श्रेष्ठको भनाइ छ । लायन्स क्लबको द्वितीय भाइस डिस्ट्रिक गभर्नरका रुपमा कार्यरत उनी आउने वर्ष प्रथम भाइस गभर्नर हुादै २०१८/०१९ मा लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालको डिस्ट्रिक गभर्नरको पदमा रहेर सेवा गर्ने जनाए । समाजसेवालाई सबैभन्दा ठूला सेवा ठान्ने उनले आफ्नो बााकी जीवन पनि समाजसेवामै समर्पित गर्ने जनाए ।
















