काठमाडौं÷अमेरिकाको ४५औं राष्ट्रपतिका लागि भएको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । अस्ति मंगलबार भएको राष्ट्रपतिको निर्वाचनमा डेमोक्र्याट उम्मेदवार हिलेरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प ४५औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिको निर्वाचन हुनुभन्दा पहिले विभिन्न अनुमानमा डेमोक्र्याट उम्मेदवार क्विन्टन राष्ट्रपतिमा निर्वाचित हुने ठोकुवा गरे पनि सबै अनुमानलाई गलत सावित गर्दै ट्रम्प निर्वाचित भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएलगत्तै ट्रम्पले आफ्नो जितका लागि सबैलाई धन्यावाद दिएका छन् । साथै उनले आफू सबैको साझा राष्ट्रपति बन्ने प्रणसमेत गरेका छन् । उनी विजयी भएपछि प्रतिस्पर्धी हिलारीले पनि ट्रम्पलाई फोन गरेर बधाई दिएकी छिन् । यसैबीच राष्ट्रपतिको निर्वाचनमा हिलारीले हार व्यहोरेपछि हिलारी क्याम्पमा रुवाबासी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जित सुनिश्चित भएको भन्दै पहिलेदेखि नै उत्सव मनाइरहेका उनीहरू अनपेक्षित परिणामपछि स्तब्ध बनेका हुन् ।


















