नेपालमाथि भारतबाट अर्को खतरा

150

काठमाडौं÷ सीमा जोडिएको भारतबाट नेपालमा बर्डफ्लु भित्रिने खतरा बढेको छ । भारतको हरियाणास्थित हिसार जिल्लामा बर्डफ्लु देखिएको छ । हिसार जिल्लाको एक पोखरीमा बसाइ सरेर आउने चरामा बर्डफ्लु देखिएको सरकारी अधिकारीहरूले सार्वजनिक गरेका छन् । पोखरी घुम्न गएका पर्यटकले पाँचवटा मरेका हाँस फेला पारेपछि परीक्षण गर्दा बर्डफ्लु देखिएको जनाइएको छ । पोखरीको दृश्यावलोकन गर्न दैनिक हजारौं पर्यटक त्यहाँ पुग्ने गर्छन् । बर्डफ्लु भेटिएलगत्तै स्थानीय प्रशासनले सार्वजनिक सूचना जारी गरी पोखरीमा घुम्न जान रोक लगाएको छ । स्थानीय प्रशासनले पोखरीमा रहेका हाँस जगंली पंक्षी मार्ने काम थालेको छ ।
भारतको हरियाणासँग नेपालको सिधा सम्बन्ध नभएपनि हिउँदको समयमा साइबेरियाबाट बसाई सरेर आउने पंक्षीहरू नेपाल र भारतका विभिन्न क्षेत्रमा आउने भएकाले नेपालमा उच्च सर्तकता अपनाउनुपर्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here