अझै हटाउन सकिएन यतीको विमान, विमानस्थल सुचारु हुने टुंगो छैन

135

काठमाडौं– यति एयरलाइन्सको जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण ठप्प भएको छ।

बिहान ११ बजेदेखि ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुल्न सकेको छैन।

धावनमार्गको दक्षिणतिरको घाँसे मैदानमा पुगेको जहाज त्यहाँबाट नहटाउँदासम्म उडान र अवतरण हुने छैन।

विमानस्थल कार्यालयका अनुसार जहाज हटाउने प्रयास भइरहेको भए पनि अहिलेसम्म सफल हुन सकेको छैन। पानी निरन्तर परिरहेकाले उक्त जहाज झन् गाडिदै गएको छ।

जहाज तान्न नसकेपछि विमानस्थल कार्यालयले नोटाम समयलाई बढाउँदै लिएको छ। बेलुका पाँचबजेसम्मका लागि नोटाम जारी गरिएको विमानस्थल प्रवक्ता प्रताव तिवारीले जानकारी दिए।

बिहानदेखि विमानस्थल बन्द हुँदा अहिलेसम्म सबै आन्तरिक उडान रोकिएका छन्। त्यस्तै एक दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here