शशांक कोइरालाको राष्ट्रवादी अडान

234

काठमाडौ÷संविधान संसोधन मार्फत हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने बहस भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने जनाएका छन् । डा. कोइरालाले अंगिकृत नागरिकलाई १० वर्ष पछि प्रमुख संवैधानिक पदमा लैजाने विषयमा पनि आफू विपक्षमा रहेको जनाएका छन् । हिजो बुधबार बिहान नेपालगञ्जमा प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री कोइरालाले यस्तो जनाएका हुन् । उनले नेपाली, थारु, अवधी, मैथली, भोजपुरी लागयतका सम्पूर्ण जात जातिले बोल्ने भाषालाई नै कामकाजी भाषा बनाउनुपर्ने भन्दै हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन नहुने तर्क गरे । कोइरालाले संविधान कार्यान्वयनको पहिलो खुड्किलो तीन तहको निर्वाचन निर्धारीत समयमै गर्नुपर्ने भएकाले सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन आवश्यक रहेको धारणा राखे । महामन्त्री कोइरालाले धर्मनिरपेक्षताको विषय तीनै तहको निर्वाचनपछि जनमत संग्रहमार्फत टुंगो लगाउनुपर्ने तर्क गरे । गत मंगलबार महामन्त्री कोइरालाले धनगढीमा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाले भारतमा दलाई लामालाई भेटेर चीनलाई चिढ्याएको जनाएका थिए । उनले नेपाली कांग्रेस एक चीन नीतिमा प्रष्ट भएपनि सभापति देउवाले एक चीन नीति विपरित काम गरेको भन्दै उनले आश्चर्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here