काठमाडौं । मेलम्ची खानेपानी आगामी चैतभित्रै अस्थायी रूपमा राजधानी पुर्याउने योजनासाथ आयोजनाको मुहान क्षेत्रमा मर्मत सम्भारको काम तीव्र रूपमा हुँदैछ । गत असार १ गतेको बाढी पहिरोले क्षतिग्रस्त मुहान क्षेत्रका संरचनाको मर्मत तथा गेग्य्रान पन्छाउने काम भइरहेको छ ।
चिनियाँ ठेकेदार निर्माण कम्पनी सिनो हाइड्रोले माघ १३ गते देखि उक्त काम गरिरहेको छ । बाढीले आयोजनाको मुख्य प्रवेश मार्गको आठ किलो मिटरसडकखण्ड पूर्ण रूपमा ध्वस्त बनाएको थियो । नदीको सतहबाट दुई किमिसम्म ढुङ्गा, गिट्टी, बालुवालगायतका पदार्थले पुरिएको छ । गोरखापत्र दैनिकबाट