पूर्वराजा पनि भारततिर

145

काठमाडौं ÷ राजनीतिक दलका नेताहरूले एकपछि अर्काे गर्दै भारत भ्रमण गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह पनि हिजो सिंगापुर हुँदै भारततर्पm प्रस्थान गरेका छन् । बुधबार सिंगापुर उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई समर्थकहरूले फूलमालासहित बिदाइ गरेका थिए । शाहका साथमा निजी सचिव सागर तिमल्सिना पनि छन् ।
केही दिन सिंगापुर बसेपछि शाह बुहारी हिमानीसहित भारत भ्रमणमा जाने तयारी छ । हिमानी भने केही दिन पहिले नै सिंगापुर पुगेकी छिन् । केही दिनअघि शाहका निजी सचिव तिमल्सिना नयाँदिल्ली पुगेर भ्रमणको तारतम्य मिलाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here