पृथ्वीनारायणको योगदानलाई अवमूल्यन नगरौं

331

राज्यलक्ष्मी शाक्य
जतिबेला विश्वमा राज्य विस्तारको अवधारणाले प्राथमिकता पाइरहेको थियो, त्यतिबेला नेपालमा पनि पृथ्वीनारायण शाहले तत्कालीन अवस्था र परिवेशलाई आत्मसात् गर्दै टुक्राटुक्रामा रहेको नेपाललाई एकीकरण गरेर सिंगो नेपाल निर्माण गरेका थिए । भारतलगायत हाम्रा छिमेकी मुलुकहरू तत्कालीन ब्रिटीश शासकको बन्धक बनिरहेका बेला पृथ्वीनारायण शाहले भने वर्तमान नेपाललाई कसैको बन्धक हुन दिएनन् बरु नेपालको वर्तमान भूभागभन्दा पनि अघि बढेर ग्रेटर नेपालको विकास गरेका थिए । आज तिनै राष्ट्रनिर्मातामाथि अस्ति भर्खर नेपालको नागरिक बनेकाहरू तथा पृथ्वीनारायणले गरेको कामबाट चिढिएका पश्चिमाहरूको लहलहैमा लागेकाहरूले उनको कामलाई अवमूल्यन गर्ने प्रयास गर्दै छन् ।
विगतमा नेपालमा मात्र होइन, लगभग सबैजसो मुलुकमा राजा रजौटाहरूले शासन गर्ने प्रावधान थियो । तत्कालीन परम्पराअनुसार भुरेटाकुरे राज्यमा विभाजित रहेको नेपाललाई एकीकृत राष्ट्रको अवधारणामा ढाल्ने काम गरेकाले पृथ्वीनारायण शाहका सन्ततिहरूले शासन गर्दै आए । त्यो त्यतिबेलको परम्परा वा अभ्यास थियो । विश्वमा प्रजातान्त्रिक व्यवस्थाको बढ्दो अभ्याससँगै मुलुकहरू गणतान्त्रिक व्यवस्थातर्फ ढल्कँदै गएपछि नेपालले पनि सोही व्यवस्थालाई अवलम्बन ग¥यो । जुन समयको माग थियो । जसलाई पृथ्वीनारायणका सन्तान अन्तिम राजा ज्ञानेन्द्र शाहले समेत स्वीकारी सकेका छन् । गणतन्त्रलाई स्वीकार गरिसकेका छन् । त्यसैले विगतमा राजा महाराजाहरूले गरेको राम्रो कामलाई नराम्रो मान्नुपर्ने कुनै कारण छैन ।
पृथ्वीनारायण शाहले गरेको राष्ट्रनिर्माणको कामलाई पछिल्लो समय कतिपयले उनले भौगोलिक एकता मात्र गरेको तर भावनात्मक एकता नगरेको आरोप लगाउने गर्छन् । त्यस्तो आरोप लगाउनेहरूले बुझ्नुपर्ने कुरा के हो भने नेपाल चार वर्ण ३६ जातको साझा फूलबारी हो भनेर नेपाललाई सबै क्षेत्र र परिवेशमा वस्ने नेपालीको अपनत्व गराउने काम पृथ्वीनारायणबाटै भएको हो । बरु त्यतिबेला उनले नेपालको मौलिकता, परम्परा र संस्कृतिलाई कमजोर बनाउन खोज्ने केही पश्चिमाहरूलाई नेपालबाट निकाल्ने काम गरेका थिए । तिनै पश्चिमाहरूले उनका बारेमा केही गलत धारणाहरू बनाइदिए । जसलाई हामीले अनुसरण गर्दै वास्तविकतालाई बिर्सेर हल्लाका पछाडि लागिरहेका छाँै । यो हाम्रो विडम्बना हो । भौगोलिक विकटता, यातायातको असुविधा, प्रविधिको विकास नभइसकेको अवस्थामा आफ्नो कुटिलतालाई प्रयोग गरेर त्यतिबेलाको समयमा सबै नेपालीले अपनत्व महसुस गर्नसक्ने नेपालको निर्माण गर्ने चतुर राजनीतिक कौशलता उनीसँग थियो । त्यसलाई बिर्सेर राजनीति गर्ने नाममा मुलुकको अस्तित्व कमजोर बनाउन खोज्नेहरूले धेरै कुरा राष्ट्रनिर्माताबाट सिकून् । उनको आलोचना गर्ने हैसियत नै नबनेकाहरूले गर्ने आलोचनाको कुनै अर्थ रहँदैन पनि । हिजो नेपालकै नाम फेर्नुपर्न, नेपालको झण्डा फेर्नुपर्छ भन्नेहरूले राष्ट्र निर्माताको अवमूल्यन गर्दा कुनै अनौठो मान्नुपर्दैन । तर सचेत नागरिकले सोच्नुपर्ने कुरा के हो भने आज हामी जसरी वीर नेपालीको उपमा गासेर गर्व गर्नसक्छाँै त्यो हाल पृथ्वीनारायणको आलोचना गर्ने, सिंगो नेपाल नचाहने वा अस्तिभर्खर नागरिकता प्राप्त गर्नेहरूको देन होइन । हिमाल पहाड र तराईलाई एउटा सिंगो मालामा गाँस्न सफल पृथ्वीनारायणकै कारण हो । त्यसैले कागले कान लग्यो भनेर पछि लाग्नुभन्दा पनि नेपालको ऐतिहासिक घटनाक्रम र विगतमा पूर्खाहरूले खेलेको भूमिकाको कदर गर्दै अघि बढ्न सकेमात्र हामी वास्तविक नेपाली बन्न सक्छाँै । त्यसका लागि हामी सबै एक ठाउँ बसेर पृथ्वीनारायणले दिएको एकताको सन्देशलाई अझ मजबुत बनाउँदै अघि बढ्न सक्नुपर्छ । यसबाट मात्र सिंगो नेपाल र यसका रचयिता पृथ्वीनारायण शाहमाथि न्याय र सम्मान हुनेछ । सही कुरालाई पनि गलत भनेर राष्ट्रिय एकता भाड्न खोज्नेहरूप्रति सझै सजग र सचेत बन्दै राष्ट्रिय एकता सुढृढ गर्न सकेमा नेपालको राष्ट्रियता कमजोर बनाउन खोज्नेहरू आफै पाखा लाग्नेछन् । पृथ्वी जयन्तिको अवसरमा सम्पूर्ण देशभक्त नेपालीले यही प्रण गराँै ।

rajyalaxmishakya@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here