प्राधिकरण प्रमुखमा पुनः पोखरेल

180

काठमाडौ÷ सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणका सीइओ सुशील ज्ञवालीलाई पदबाट बर्खास्त गर्दै पोखरलेलाई नयाँ सीइओमा नियुक्त गरेको हो । सरकारले बर्खास्त गरेका ज्ञवाली केपी ओली नेतृत्वको सरकारका बेला २०७२ पुस १० गते प्राधिकरणको प्रमुख नियुक्त भएका थिए । त्यसअघि सुशील कोइराला नेतृत्वको सरकारले भूकम्पले ध्वस्त पारेका संरचनाको पुनर्निर्माणका लागि भन्दै पोखरेललाई प्राधिकरणको सीइओमा नियुक्त गरेको थियो । तर पुनर्निर्माणका लागि बनेको अध्यादेशअनुसार सीइओमा नियुक्त भएका पोखरेल अध्यादेश पारित नभएपछि स्वतः पदमुक्त हुनुपरेको थियो ।
बर्खास्त भएका ज्ञवालीलाई सरकारले काम चित्तबुझ्दो नभएको भन्दै दुईपटक स्पष्टीकरण सोधेको थियो । तर ज्ञवालीले भने आफ्नो काम चित्तबुझ्दो रहेको भन्दै सरकारले आफूलाई हटाउन नसक्ने दावी गर्दै आएका थिए । पोखरेलले पुनर्निर्माणको आधार बनाइसकेका थिए । उनलाई काम गर्ने मौका नदिएर अप्रत्याशित रूपमा बिदा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here