पञ्जाबको लुधियानास्थित साउथ सिटी रोडमा तीव्र गतिमा गुडिरहेको कार सडकको किनारामा ढुंगामा क्रस भएर ८ फिटमाथि उछिट्टिदै रुखमा ठोक्किँदा कारमा सवार दुई युवती र दुई युवकको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा कारको पछाडि बस्ने एक युवक गम्भीर रुपमा घाइते भएका छन् ।
यो घटनाको अर्काे पाटो पनि बाहिर आएको छ । जहाँ कारमा सवार पाँचै जनाले दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि मात्रै सेल्फी फोटो खिचेका थिए र, फोटोलाई सामाजिक सञ्जाल स्न्यापच्याटमा राखेका थिए । उनीहरुले कारमै बसेर भिडियोसमेत बनाएका थिए ।
दुर्घटना यति भयानक थियो कि कार चलाइरहेका गौरिश वर्माको गिदी रुखमा टाँस्सिएको पाइयो । एक युवतीको हात उखेलियो, एक युवकको टाउको किच्चियो र अर्काको खुट्टा फाटिएको भेटियो । कलेजमा जाडो बिदा भइरहेका बेला पाँचै जना शुक्रबार दिउँसो घुम्न निस्केको अनुसन्धानमा खुलेको छ । तर, घुम्न नपाउँदै चारले संसार छाडे ।

















