केटीहरु किनबेच हुने हाटबजार

254

बुल्गेरियाको स्टारा जागोर भन्ने स्थानमा हरेक तीन वर्षमा केटीहरुको किनबेच गर्ने हाटबजार लाग्छ । कुनै पनि पुरुषले छानीछानी भनेजस्ती केटी किनेर श्रीमती बनाउन सक्छन् । यो हाटबजार गरिब परिवारका मानिसहरुले लगाएका हुन्, जो आफ्नो छोरी–चेलीको विवाह खर्च धान्न सक्दैनन् ।
बजारमा केटीहरुलाई बेहुलीको पोशाकमा सजाएर रािखएको हुन्छ । प्रायः १६ वर्षदेखि ३० वर्षसम्मका अविवाहित केटीहरु यहाँ उपलब्ध हुन्छन् । केटाले कुनै केटी मन पराएपछि केटालाई केटीसँग कुराकानी गर्ने मौका दिइन्छ । त्यसपछि केटाले केटीको परिवारसँग भाउमा बार्गेनिङ गर्छ । भाउ मिलेको खण्डमा परिवारलाई पैसा तिरेर केटीलाई श्रीमती बनाएर लैजान्छ । एक चोटी पैसा तिरेर लगिसकेपछि केटीलाई फिर्ता गर्न मिल्दैन । यसरी लगिएका केटीहरुसँग केटाको परिवारले दासीको जस्तै व्यवहार गर्छन् । केटी किनबेच गर्ने चलन यहाँ पुस्तौदेखि चल्दै आएको छ । यसलाई कानुनले पनि कुनै रोकतोक गरेको छैन । बुल्गेरियाको कलाइदझी समुदायले यो बजार लगाउने गरेका हुन् । आफ्नो समुदायका व्यक्तिबाहेक अरुले केटी किन्न पाउँदैनन् । बजारमा कोही पनि केटीहरु एक्लै जान सक्दैनन् । उनीहरुको साथमा परिवारको कम्तीमा एक सदस्य हुनैपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here