मन पराउनेका लागि आवेदन खुल्ला

219

काठमाडौं÷ ‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागे पनि १ सय १७ देशका प्रतिस्पर्धीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत पुगेको उनको भनाइ छ ।
अश्मीले विश्वसुन्दरी प्रतियोगीतामा भाग लिंदा आफूलाई श्रीलंकाकी साथीसँग सबैभन्दा सजिलो महसुस भएको जानकारी गराइन् । अश्मीलाई प्रेम प्रसंगबारे सोधेको एक प्रश्नमा आपूm हालसम्म प्रेम चक्करमा नपरेको सुनाइन् । आफूलाई अनुहारका अंगमध्ये सबैभन्दा बढी आँखा मनपर्ने उनको भनाइ थियो । तैपनि उनले आपूmलाई ह्यान्डसम, राम्रो बोली बोल्ने, हाइट भएको युवकले आकर्षित गर्ने जानकारी पनि गराउन लज्जाबोध गरिनन्
अश्मीले चलचित्रमा अभिनय गर्ने इच्छा नभएको पनि खुलासा गरिन् । मोडलिङ र फेसन शोमा नै काम गर्ने इच्छा राखेकी अश्मीले चलचित्रमा काम नगर्नुको कारणबारे खुलाउँदै आपूmले २ वटा म्यूजिक भिडियोमा काम गरेको तर, आपूmलाई अभिनय गर्न सक्छु भन्ने नलागेको कारण त्यो क्षेत्र आफ्नो आकर्षण विषय नभएको पनि खुलासा गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here