अब मापसे चेकिङमा बटुवा पनि

249

नामिबियामा अब बाटो हिँड्ने पैदलयात्रीको समेत मापसे चेकिङ हुने भएको छ । यद्यपि बाटोमा हिँडिरहेका सबै बटुवाको मापसे चेकिङ हुने भने होइन । यदि कोही मानिसलाई गाडीले ठक्कर दिएको अवस्थामा गाडी चालकसँगै ठक्कर खाने मानिसको समेत मापसे चेकिङ गरिने भएको छ ।
राजधानी विन्डहोक पुलिसले गाडीले ठक्कर दिएर कुनै मानिस घाइते भएको घटनामा गाडी चालक र घाइतेलाई समान रुपमा हेर्नेछ र दुबैको मापसे परीक्षण गर्नेछ ।
प्रायः पैदलयात्रीहरुलाई गाडीले ठक्कर दिने घटनामा पैदलयात्रीको मादक पदार्थ सेवन मुख्य कारण रहने गरेको पाइएपछि पुलिसले यस्तो जुक्ति निकालेको हो ।
गाडीले पैदलयात्रीलाई ठक्कर दिने घटना धेरैजसो सप्ताहन्तको रातमा हुने गरेका छन् र दुर्घटनामा पर्ने पैदलयात्रीहरुमध्ये धेरैजसो बारबाट रक्सी खाएर लरबराउँदै सडकमा हिडिँरहेकाहरु हुने गरेका छन् ।
गाडीले ठक्कर दिएर बाँचेका घाइते पैदलयात्रुले यदी मादक पदार्थ सेवन गरेको पाइएमा घटनामा सवारी चालकलाई दोषी नठहराइने र त्यसमा पैदलयात्रु स्वयंलाई दोषी करार गर्नेगरी नियम बनाउने तयारी पुलिसको छ । यसबाट पैदलयात्रुमा जनचेतना समेत बढ्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here