किन लगाउँछन् युवतीले मसानघाटको चक्कर

256

एक युवतीले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् । भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् । मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो । यसअघि श्रुती सफ्टवेयर डेभलपरको काम गर्थिन् । तर अहिले भने दिनहुँ आर्यघाट धाउनु नै उनको नित्यकर्म बनेको छ ।
वास्तवमा उनले आर्यघाटमा मृतकको अन्त्येष्टि गर्ने सेवा सुरु गरेकी छिन् । उनले यो पेशा सुरु गर्दा उनलाई साथ दिने कोही थिएन । घर परिवार त उनको त्यो निर्णय सुन्दैमा आत्तिए । उनकी आमा त रिसाएर कति महिनासँग उनीसँग बोलिनन् पनि । तर श्रुती भने केही अलग गर्न चाहन्थिन् र सोही सोचका साथ एक कम्पनी खोलिन् ।
आफ्ना हजुरबाको मृत्यु हुँदा अन्तिम संस्कारका लागि सामग्री जुटाउन हम्मेहम्मे परेको र अस्तव्यस्त बनेको घटनापछि उनलाई यस्तो आइडिया फुरेको हो । श्रुतीले यस्तो कम्पनी खोलेकी छिन्, जसले मृत्यु संस्कारसँग सम्बन्धित सुविधाहरु उपलब्ध गराउँछ । बजारमा बिहेलगायतका शुभकार्यको इभेन्ट म्यानेजमेन्ट गर्ने विभिन्नखाले कम्पनी खुलेका भए पनि मृत्यु संस्कार व्यवस्थापनको क्षेत्रमा भने सायद श्रुतीको आइडिया नै पहिलो हुनसक्छ ।
अब कसैको घरमा मृत्यु भएको भनी उनलाई अन्त्येष्टि व्यवस्थापनका लागि फोनमार्फत जानकारी आउँदछ तब उनीसहितको कम्पनीको टोली तत्कालै सबै आवश्यक सामग्रीहरुसहित मृतकको घर पुग्दछ । कम्पनीको सेवाबाट दुःखको घडीमा मृतकका परिवारले ठूलो राहत पाउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here