३ सयौं पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाह सिंहदरबार जाने

65

काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार जाने भएका छन्।

३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्वराजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणका लागि जान लागेका हुन्।

पूर्वराजका संवाद सचिव फणिराज पाठकका अनुसार शाह मंगलबार साढे १२ बजे जाने कार्यक्रम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here