बा फाउन्डेसनद्वारा ३० अनाथ बालबालिकालाई सहयोग

132

कीर्तिपुर । यहाँस्थित ३० जना अनाथ बालबालिकालाई विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । बा फाउन्डेसनको पहिलो वार्षिक स्थापना दिवसको उपलक्ष्यमा आर्थिकसहित ज्याकेट, स्टेशनरी, चामल, तेल सहयोग गरिएको हो । सो अवसरमा कृष्णप्रसाद महर्जनले ५० हजार र राज्य लक्ष्मी शाक्यले १० हजार सहयोग गरिन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमयेर सरस्वती खड्काले अनाथ बालबालिकालाई अभिभावकविहीन नहुने भावना जागृत गर्न सम्बद्ध पक्षले लाग्नुपर्नेमा जोड दिएका छन् ।

बा फाउन्डेसनका अध्यक्ष फिरोज सिंहले आफ्नो पिताको केही वर्ष अघि निधन भएपछि अनाथ बालबालिकाको सेवाको लागि आफूले याे संस्था स्थापित गरेको जानकारी गराए ।

होरायक नेपालले कीर्तिपुर टौदहमा केही वर्षदेखि अनाथ बालबालिकाको व्यवस्थापन गर्दै आएकोमा थप सहयोग भएको जनाएका छन् ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका पूर्व उपाध्यक्ष रामकृष्ण कर्माचार्य, जनजायक रामकृष्ण दुवाललगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here