विभिन्न स्थानबाट लागूऔषध कारोबारीहरु पक्राउ

176

काठमाडौं÷ लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते सिन्धुपाल्चोक मार्मिङ–८ बस्ने २६ वर्षीय राजन श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३५ जडीबुटी चोकबाट नियन्त्रित लागूऔषध डाईजेल्याव १७ थान, फेनारगन १९ थानसहित पक्राउ गरेको छ ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते काठमाडौँ महानगरपालिका–३५ काटेश्वरबाट काभ्रे उग्रतारा–८ बस्ने २२ वर्षीय नितिन हुमागाई र मकवानपुर हेटौडा–१ घर भएका ४७ वर्षीय बालकृष्ण महर्जनलाई नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ९ थान, डाईजेपाम ५ थान, फेनारगन ५ थान र ना.१५ प ४८९८ नम्वरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–९ सिनामंगल सुकुम्बासीटोल बस्ने २८ वर्षीय भैरव बुढाथोकीलाई सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले फागुन २७ गते सिनामंगलबाट नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ८ थान, डाईजेपाम ८ थान, फेनारगन ८ थान र नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here