श्रीमतीले नामर्द भनेपछि…

372

एक भारतीय युवकले आफ्नो पत्नी र ससुराले सधै आफूलाई नामर्द भनेर आरोप लगाउने गरेपछि आक्रोशित भई ज्यान दिने सुरमा पानीटंकीमा चढेपछि सो घटना बाहिर आएको थियो । कोलकोताको गायत्रीपुरम निवासी अरुण राव बिहान ११ बजे कलेक्ट्रेट परिसरमा रहेको पानीटंकीमा चढेका थिए । टंकीमाथि रहेका उनले हातमा पेट्रोल भरिएको बोतल पनि बोकेका थिए । धम्की दिएर मर्न तयार भएका ती युवकलाई त्यहाँ जम्मा भएको भीडले फकाएर तल झारेका थिए ।
पीडित अरुण रावलले आफूलाई सधै पत्नीले नामर्द भनेर होच्याउने गरेका कारण ज्यान दिने सुरमा पानीटंकीमा चढेको प्रहरीलाई बयान दिएका छन् । नौ वर्ष अगाडि विवाह गरे पनि बच्चा नजन्मिएपछि पत्नी र ससुराले नामर्दको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here