मेक्सिकोका एक महिला पेट दुखेर अस्पताल भर्ना भएकी थिइन् । ४३ वर्षीया ती महिलाको धेरै दिनदेखि तल्लो पेट दुखिरहेको थियो र उनी लगातार उल्टी गरिरहेकी थिइन् । त्यसपछि उनी उपचारका लागि अस्पताल पुगिन् । उनको जब सोनोग्राफी भयो, त्यसको रिपोर्ट देखेर डाक्टरहरु तीनछक परे ।
रिपोर्टमा देखिएको थियो कि महिलाको पेटमा थुप्रै कवाडीका सामानहरु थुप्रिएका छन् । महिलाको अवस्था देखेपछि डाक्टरहरुले तुरुन्तै अपरेसन गर्ने निर्णय गरे । चाँडोभन्दा चाँडो अपरेसन नगरेमा महिलाको दिमागमा पनि असर गर्न सक्ने डाक्टरहरुको भनाई थियो ।
अपरेसनपछि महिलाको पेटबाट निकालिएका सामग्रीमा काँटी, पेच, भाँचिएका चम्चा, काठका साना टुक्रा, टाउकोको कपाल, धातुको चेन र टुथब्रस लगायत थिए । यी सामानहरु कसरी महिलाको पेटमा थुप्रिन पुगे भन्ने चाहिँ डाक्टरहरुले पनि पत्ता लगाउन सकेनन् ।


















