५० हजार उम्मेदवारहरू प्रतिस्पर्धामा

113

काठमाडौं । वैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनमा वैशाख १९ गते उम्मेदवारी दर्ता गराई वैशाख २२ गते उम्मेदवारी फिर्ता लिएपछि कायम भएको उम्मेदवारहरूको संख्या ४९ हजार ३३७ रहेको छ । जसअनुसार पुरुषको संख्या ३० हजार ५ र महिलाको संख्या १९ हजार ३३२ कायम भएकोछ । प्रतिशतको हिसाबले जम्मा उम्मेदवारमध्ये पुरुष ६० दशमलव ८२ प्रतिशत र महिला ३९ दशमलव १८४ प्रतिशत रहेका छन् ।

नगरप्रमुख तथा अध्यक्षमा पुरुष ९१.६५ प्रतिशत (१७२३) र महिला ८.३५ प्रतिशत (१५७), नगरउपप्रमुख तथा उपाध्यक्षमा पुरुष १८.५७ प्रतिशत (२५७), महिला ८१.४३ प्रतिशत (११२७) वडाध्यक्षमा पुरुष ९५.८३ प्रतिशत (१०२९६) महिला ४.१७ प्रतिशत (४४८) जना रहेका छन् । यसैगरी, वडा सदस्य २ जनाका लागि पुरुष ९४.७१ प्रतिशत (१७७२९) महिला ५.२९ प्रतिशत (९५१), महिला वडा सदस्य ९०८३, दलित महिला वडा सदस्यमा ७५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन गराउँदा नगरप्रमुख वा अध्यक्ष, उपप्रमुख वा उपाध्यक्ष मध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, वडा सदस्य पदका लागि ४० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here