काठमाडौं/ सिभिल बैंक लिमिटेडको अध्यक्ष पदमा अम्बीर बोगटी नियुक्त भएका छन् । उनी बैंकको स्थापना कालदेखि नै बैंकका संचालक थिए । बोगटी अध्यक्ष भएसँगै रिक्त रहेको सञ्चालकको कार्यभार सृजना शाक्य तामाङले सम्हालेकी छिन् ।
अध्यक्ष बोगटीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट शपथ ग्रहण गरे । बैंक बोर्डको नयाँ नेतृत्वले बैंकको कार्यशैलीमा सुधार गर्दै सयर होल्डरलाई बढीभन्दा बढी प्रतिफल प्रदान गर्ने प्रतिबद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरू प्रदान गर्ने बैंकका नवनियुक्त का.मु. प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । बैंकले आगामी जेष्ठ ४ गते छैठौं वार्षिक साधारणसभाको आयोजना गर्दै छ ।

















