नेपाल टेलिकमको डाटा प्याकेजमा सहुलियत

147

काठमाडौं/ दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले डाटा प्याकेज सेवालाई अझ सहुलियतमा प्रदान गर्ने भएको छ । कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहनेछ ।

कम्पनीले फोरजी डाटा प्याकेज जिएसएम सेवा, अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज सिडिएमए सेवाका ग्राहकहरू यस्तो अफल ल्याएको हो । कम्पनीका अनुसार फोरजी डाटा प्याकेजअन्तर्गत ५० रूपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

त्यसैगरी १ सय रूपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रूपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रूपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रूपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ । यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here