काठमाडौं/ विगत ४ महिनादेखि रिक्त रहेको प्रेस काउन्सिल नेपालको अध्यक्षमा भवानी बराल नियुक्त हुनुभएको छ । गत बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले बराललाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । विगत चार दशकदेखि लेखन तथा पत्रकारितामा क्रियाशील बराल पत्रकारिता तथा अर्थशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ । एसियन आवाज साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका बराल योजना साप्ताहिक र जनदिशा साप्ताहिकलगायत आधा दर्जन पत्रपत्रिकासाग आबद्ध हुादै विजयपुर साप्ताहिकको संस्थापक सम्पादक रहनु भएको छ ।
















