काठमाडौं/ प्रभु इन्स्योरेन्स लिमिटेडको ४८ हजार १ सय २२ दशमलव ८१ कित्ता हकप्रद साधारण शेयर जेठ ३१ गतेदेखि शिलबन्दी बोलपत्रद्वारा लीलाम विक्री गरिँदै छ । शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति असार ७ गते रहेको छ ।
कम्पनीले २०७३ चैत ३० गतेदेखि २०७४ जेठ २ गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा बाँडफाँट भई बाँकी रहेको संस्थापक तर्फ ५ हजार ३ सय ३४ दशमलव ४९ कित्ता र सर्वसाधारणतर्फ ४२ हजार ७ सय ८८ दशमलव ३२ कित्ता साधारण शेयर लीलामीमा विक्री खुला हुने भएको छ । आवेदन दिई बाँडफाँटमा नपरेका आवेदकहरूको रकम फिर्ता भुक्तानी पूर्जा असार १२ गतेदेखि कम्पनीको शेयर रजिष्ट्रारबाट चेकमार्फत वितरण गरिन्छ ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. १ सय तोकिएको हँुदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीले बाँडफाँटमा परेका आवेदकहरूलाई आवेदककै हितग्राही खातामा शेयर नामसारी गरिने हुँदा आवेदनमा हितग्राही खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here