काठमाडौं । तीन वर्ष कार्यकाल बाँकी छँदै सुरेन्द्र भणडारीले छाडेपछि उनको ठाउँमा सिद्धार्थ बैंकले तत्काललाई शम्भुनाथ गौतमलाई नियुक्त गरेको छ । प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरेर भण्डारी कुमारी बैंकको नेतृत्व सम्हाल्न हिँडेका हुन् ।
गौतमलाई सिद्धार्थ बैंकले कामु प्रमुख कार्यकारी अधिकृत बनाएको हो । उनी नायब प्रमुख कार्यकारी अधिकृत थिए । दुई कार्यकालभन्दा बढी बस्न नपाइने राष्ट्र बैंकको निर्देशन नमानेको भन्दै सिद्धार्थलाई स्पष्टीकरण सोधिएको थियो । बैंकले स्पष्टीकरण बुझाए पनि राष्ट्र बैंकको सञ्चालक समितिमा भने पेश गर्न बाँकी छ । -जनधारणा साप्ताहिक














