काठमाबडौं । एनएमबी बैंकले स्वदेश तथा विदेशमा पढ्न चाहने विद्यार्थीलाई लक्षित गरी ‘एनएमबी बैंक शैक्षिक कर्जा’ योजना ल्याएको छ । शिक्षामा आत्मनिर्भता नाराका साथ ल्याएको शैक्षिक कर्जा योजनामा अधिकतम १ करोड रूपैयाँसम्म कर्जा पाइने र अवधि १० वर्षसम्म रहने बैंकको भनाइ छ । आवश्यक कागजपत्र पेश गरेको ५ दिनभित्रै कर्जा उपलब्ध गराइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो शैक्षिक कर्जाले विद्यार्थीको शैक्षिक क्षेत्रमा लाग्ने आर्थिक समस्या समाधान गर्न सहयोग पु¥याउने विश्वास बैंकको छ ।


















