दक्षिणतिरको छिमेकीलाई उत्तरजस्तै दूरीमा राखौं

184

राधा बुढाथोकी मगर 

उत्तरतिरको छिमेकी देश चीनसँग नेपालको व्यापारिक सम्बन्ध निकै कमजोर छ । यसो हुनुको कारण उत्तरतिरको हिमाली श्रृंखलाले गरेको नाकाबन्दी नै हो । हिमाली श्रृंखलाको नाकाबन्दी नभइदिएको भए चीन र नेपालको सम्बन्धमा सुमधुर मात्र हुने थिएन, नेपालको आर्थिक विकास पनि आश्चर्यलाग्दो किसिमले हुने थियो । नेपालको दुर्भाग्य नै भन्नुपर्दछ, चीनसितको हिमाली श्रृंखलाको नाकाबन्दी । चीनसँग खुला रहेका सीमित व्यापारिक नाकाहरुमध्ये तातोपानी खासा नाका सबैभन्दा सुगम र रहेको थियो । २०७२ सालको वैशाखमा आएको भूकम्पले खासानाकालाई ध्वस्त बनाइदियो । व्यापारिक क्षेत्र बसाइ सरेर गएको छ भने सडक अस्तव्यस्त छ । यो नाका खुलाउन नेपालका तर्पmबाट प्रयास हुने हो भने सबैभन्दा सुगम र छिटो समयमा खुल्न सक्ने नाका हुने थियो । नेपाल सरकारले चीन सरकारलाई अनुरोध मात्र गर्ने हो भने पनि यो नाका खोल्ने कुरामा चीन सरकारले कन्जुसी गर्ने थिएन भन्ने विश्वास धेरैले गर्छन् । सरकारले यसो गर्न नसक्नुको कारण के होला ?
उत्तरतिरको नाका खोल्न विभिन्न ठाउँमा प्रयास भइरहेका छन् । तर पनि वर्षाै लाग्ने कामहरु छिटो छरितो गराउन सरकारले नेपाली सेनालाई जिम्मेवारी दिएर राम्रो सन्देश दिएको छ । नेपाली सेनाले जिम्मेवारी लिएका कुनै पनि कामहरु छिटो छरितो सम्पन्न गर्ने र लामो समयसम्म टिकाउ हुने खालका देखिएका छन् । नेपाली सेना पनि आर्थिक अनियमितताबाट बेलाबखत चर्चामा आउने गरेको भए पनि तुलनात्मक रुपमा अरु कुनै पनि निकायहरुभन्दा स्वच्छ र पारदर्शी निकाय नेपाली सेना नै देखिएको छ । उत्तरतिरको नाका खुल्यो भने नेपालको व्यापार दक्षिणतर्पmमात्र आश्रित हुनु नपर्ने आशा नेपालीहरुमा रहेको छ । तर यो त्यति सत्य हो जस्तो लाग्दैन । दक्षिणतिर व्यापारिक नाकाका रुपमा लगभग ६९ ठाउँहरु रहेका छन् । यो संख्या दुई देशका सीमा सुरक्षा र भन्सार समेतको व्यवस्था भएको नाकाहरु मात्र गणना गरिएको आधारमा छ । वास्तवमा दक्षिणतिरको खुला सिमानाका कारणबाट नाकाहरु अवैधानिक रुपमा हजारौंको संख्यामा प्रयोेग भइरहेका छन् भन्ने कुरा दुवै देशका नागरिकहरुलाई थाहा छ । राष्ट्रिय स्वाधीनताको दृष्टिकोणले र आर्थिक समृद्धिको दृष्टिले यो अवस्था ज्यादै दुःखलाग्दो हो । खुला नाकाकै कारणबाट देशभित्र उद्योगहरु खोल्ने प्रयास भइरहेको छैन । दैनिक उपभोग्य सामग्रीहरुसमेत सीमा पारीबाट आयात गरेर गुजारा गर्नुपर्ने अवस्था नेपाली जनताको दैनिकी बनेको छ । यो अवस्थालाई अन्त्य गर्न नसक्दा पनि नेपालको आर्थिक उन्नति सम्भव हुने छैन भन्ने ज्ञान सत्तामा बस्नेहरुमा आउनु जरुरी छ ।
गत वर्ष देशमा मधेस आन्दोलनले दैनिक उपभोग्य समग्रीहरुको अभाव भएपछि मात्र नेपालले वैकल्पिक व्यापारिक नाका आवश्यक रहेको महसुस ग¥यो । वैकल्पिक व्यापारिक नाका भएर मात्र देशको आर्थिक समृद्धि हुन सक्दैन । आर्थिक समृद्धिका लागि देशभित्रै उद्योगहरु सञ्चालन गरिनु पर्छ र प्राकृतिक सम्पदाहरुको सदुपयोग गर्ने कुरामा विशेष ध्यान दिइनु पर्दछ । प्राकृतिक सम्पदाहरुले सम्पन्न रहेको हाम्रो देश नेपालमा व्यापारिक प्रयोजनका लागि अरु देशहरुको मुख ताक्नुपर्ने अवस्था छैन । प्राकृतिक सम्पदाहरुले भरिपूर्ण हुँदाहुँदै पनि हामीमा जागरुकता नहुनाले हामी संसारका गरिब राष्ट्रहरुको पंक्तिमा पनि अग्रस्थानमा रहन पुगेका छौं । यो अवस्थाबाट मुक्त हुन दक्षिणतिरको खुला नाकालाई जसरी हुन्छ व्यवस्थित गरी निश्चित संख्यामा नाका सञ्चालन गरिनु पर्दछ । यो निश्चित संख्या भनेको उत्तरतिरको व्यापारिक नाकासँग समानताका आधारित नाका हो । यसो गर्न सकियो भने मात्र नेपालको परराष्ट्र नीति सन्तुलिन बन्न जाने हुनेछ । -जनधारणा साप्ताहिक

 radhabudhathoki@hotmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here