काठमाडौं/ एनआइसी एसिया बैंकले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा वृक्षरोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नौ सय ५० थान बिरुवा वृक्षरोपण गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीलगायत धरानस्थित विभिन्न व्यक्तित्व सहभागी भएका थिए ।
मुलुकभर रहेका शाखाहरूमार्फत् विभिन्न सार्वजनिक विद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदानजस्ता स्थान छनोट गरी वृक्षरोपण गरिएको बैंकले जनाएको छ । बंैंकले आर्थिक वर्ष २०७३÷०७४ भित्र सात हजार बिरुवा वृक्षरोपण गर्ने लक्ष्य रहेको जनाएको छ । -जनधारणा साप्ताहिक

















