एनसेलले ल्यायो ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर

172

काठमाडौं/ एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरू पाउनेछन् ।
यो अफर हिजो असार १४ बाट लागु भएको छ । एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाइप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् । यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् । आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरू मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here