स्थानीय निर्वाचनपछिको माओवादी आन्दोलन

217

-हुकुमबहादुर सिंह

नेपालको माओवादी आन्दोलन अहिले मूलतः चार चिरामा बाँडिएका छन्, प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, किरण नेतृत्वको क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम नेतृत्वको नया“ शक्ति नेपाल । स्थानीय निर्वाचनमा तिनीहरू सबै जनमतका आधारमा अत्यन्तै कमजोर देखिन पुगे । प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम नेतृत्वको नया“ शक्ति नेपालले संसदीय आहलमा पौडी खेल्ने मात्रै नभई समग्र संसदीय व्यवस्थाको नेतृत्व हाम्रा एजेण्डाको विजय हो, यद्यपि हाम्रो हार भएको छ भन्न थालेका छन् । निर्वाचनको हारपछि प्रचण्डले उनले र अन्य माओवादी समूहको जनमतको व्याख्या गर्दै भन्दै छन् जनता माओवादीहरूबीचको एकता चाहन्छन्, त्यसैले सबै माओवादीहरू मिल्नुको विकल्प छैन् । किरण, बाबुराम र विप्लव आदि सबैलाई एकताका लागि उनले आह्वानसमेत गरेका छन् । त्यसको प्रतिउत्तरमा नेकपा( क्रान्तिकारी माओवादी)का अध्यक्ष किरणले एउटा अन्तरवार्तामा भनेका छन्, ‘प्रचण्डले अब नेपाली कांग्रेस, एमाले र राप्रपासित एकता गरे हुन्छ ।’
विप्लवको भने आधिकारिक प्रतिक्रिया आएको छैन । सायद उनले आफ्नो एकीकृत क्रानितको सिद्धान्तको एउटा महत्वपूर्ण तत्व–सत्ता साझेदारी भएको हु“दा सायद उनको यदि त्यो सम्भव भएमा प्रचण्डमात्रै नभई नेपाली कांग्रेस र एमालेसित पनि सरकारमा जाने समभावनालाई किरणले झैं पूरै नकार्ने सम्भावना कम छ । तै पनि उनीहरूको केन्द्रीय समितिको निर्णय के आउने छ, त्यसपछि आधिकारिक रूपमा थाहा हुनेछ । सिद्धान्ततः स्थानीय निर्वाचन बहिष्कार गरेको माओवादी आन्दोलनको एउटा पक्षले सजिलरी प्रचण्डको आह्वानलाई सकारात्मक रूपले लिने सम्भावना भने कम देखिन्छ ।
क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक सकिएको छ । क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठकले एक मतले क्रान्तिको आवश्यकता र औचित्यतामाथि बहस गर्दै केही महत्वपूर्ण निर्णहरू गरेको छ । जसमा नेपालमा क्रान्तिकारीहरूको एकता र धु्रवीकरणका लागि आह्वानसमेत गरेको छ । उसले स्पष्ट किटानीका साथ के भनेको छ भने माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्ने, नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादमा जाने प्रक्रियालाई मान्ने, बल प्रयोगको सिद्धान्त मान्ने, वर्तमान संविधानको खारेजीको समर्थन गर्ने, कुनै पनि प्रतिक्रियावादी सरकारमा नजानेहरूबीच पार्टी एकताको सम्भावना छ र त्यसका लागि पहलकदमी लिने निर्णय गरेको छ । यसरी स्थानीय निर्वाचनपछिको माओवादी आन्दोलन अब स्पष्टतः दुई कित्तामा अगाडि बढ्ने सम्भावना छ । प्रथम नेपालमा क्रान्ति सम्भव छ र त्यसका लागि रणनीतिक र कार्यनीतिको विकास गर्दै अगाडि जाने मालेमा वादी कार्यदिशा र दोस्रो नेपालमा अब शान्तिपूर्ण रूपमा संसदीय वयवस्थाको सुदृढिकरण गर्दै देश विकासमा लाग्ने ख्रुश्चृभवादी कार्यदिशा हुनेछ । यसरी माओवादी आन्दोलन वर्गीय रूपले अब स्पष्ट दुई कित्तामा बाडिएको छ–सर्वहारा वर्गको मुक्तिका लागि निरनतर क्रान्ति र दोस्रो पु“जीपति वर्गका लागि साम्राज्यवाद र विस्तारवादका अगाडि विकासका नाममा लम्पसारवादी मार्गको अवलम्बन ।
स्थानीय निर्वाचनपछि एउटा के निश्चित भएको छ भने सबै माओवादीहरूले आफूलाई अब प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले नेतृत्व गरेको संसदीय व्यवस्थाको मार्गतर्फ झन्झन् वशीभूत गराउँदै लैजान्छन् कि किरण नेतृत्वको क्रान्तिकारी माओवादीले अगाडि सारेका भावी क्रान्तिका लागि एकता र धु्रवीकरणका आधारहरूलाई सकारात्मक तरिकाले गम्भीरताका साथ आ–आफ्नो स्थानबाट प्रतिक्रिया दिन्छन्, त्यसमा भावी माओवादी क्रान्तिको निरन्तरता अन्तरनिहित छ । –जनधारणा साप्ताहिक
hukumsingh2012@yahoo.com

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here