हिप ठूलो भएका महिलाहरु भाग्यमानी

744

महिलाहरुको कम्मरमुनिको पछाडिको भागलाई नितम्ब (हिप) भनिन्छ । हिप ठूलो भएका महिलाहरु कामुक हुन्छन् भन्ने मान्यता छ । तर सोधकर्ताहरुले हिप र कामुकताको कुनै सम्बन्ध नभएको जनाएका छन् । बरु हिप ठूला भएका र वजन ठिक्क भएका महिलाहरु अन्य महिलाहरुको अनुपातमा भाग्यमानी हुने गरेको जनाइएको छ । साथै हिप जाँघ तथा खुट्टामा बढी बोसो भएका महिलाहरुमा हृदयाघात, मधुमेह तथा स्ट्रोकजस्ता समस्याको खतरा कम हुने पनि एक अध्ययनले पुष्टि गरेको छ ।
सेल रिसर्च जनलमा छापिएको अध्ययन अनुसार शरीरको तल्लो भागमा बोसो कम हुने महिलाहरुमा हृदयरोग तथा मृत्युको आशंका बढी हुने जनाइएको छ । तर यो नियम मोटोपनाले ग्रस्त मानिसहरुमा लागू नहुने पनि जनाइएको छ । विज्ञहरुले हिप र जाँघ भनेको शरीरको बोसो सुरक्षित रुपमा तह लगाउने उपयुक्त ठाउँ रहेको र पेटको बोसोको तुलनामा हिप वा जाँघको बोसो धेरै अर्थमा उपयुक्त हुने जनाएका छन् ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here