एमालेबाहेक सबैसँग तालमेल गर्दै माओवादी

132

काठमाडौं÷स्थानीय तहका दुई चरणका निर्वाचनहरूमा ठूलो दल बनेर हौसिएको नेकपा (एमाले) का नेताहरूलाई जिताउने गरी नेकपा (माओवादी) केन्द्रले तेस्रो चरणमा हुन गइरहेको प्रदेश नम्बर–२ को स्थानीय तहको निर्वाचनका एमालेलाई एक्ल्याउँदै अरु सबै दलहरूसँग तालमेल मिलाउने भइरहेको छ । मधेश केन्द्रित दलहरूसँगको तालमेललाई बढी प्राथमिकता दिइएको –२ को स्थानीय तहको निर्वाचनका एमालेलाई एक्ल्याउँदै अरु सबै दलहरूसँग तालमेल मिलाउने काम भइरहेको छ ।

 
मधेश केन्द्रित दलहरूसँगको तालमेललाई बढी प्राथमिकता दिइएको छ । वीरगञ्जमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकले असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा मुख्यतया साना पार्टीसँगको तालमेललाई प्राथमिकता दिने निर्णय गरेको छ । पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा मुख्यतः नेपाली कागं्रेससँगको तालमेललाई महत्व दिएको माओवादी केन्द्रले प्रदेश न. २ मा संघीयता पक्षधर शक्तिहरूलाई साथ लिने भन्दै साना दलहरूसँगको तालमेललाई महत्व दिने निर्णय गरेको जनाइएको छ ।

 
प्रचण्डले पार्टीको जित सुनिश्चित भएको स्थानमा एक्लै उम्मेदवारी दिने र कमजोर क्षेत्रमा तालमेत गरेरै भए पनि पार्टीलाई जिताउने रणनीति बनाइएको जानकारी गराउनु भयो । प्रचण्डले विशेष गरी मधेसमा राजपा, संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिकसँग तालमेल गर्ने योजना बनाएको जानकारी पनि दिनुभयो । केन्द्रमा कांग्रेससँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here