हुकुमबहादुर सिंह
क्रान्ति के हो ? के भएमा क्रान्ति हुन्छ ? आदिबारे अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा खासगरी माओवादी आन्दोलन, जो विभिन्न समूहहरूमा विभाजित छन्, तिनमा विभिन्न भ्रमहरू विद्यमान छन् । डा. बाबुराम भट्टराईले त नेपालमा राजनीतिक क्रान्ति पूरा भइसक्यो, अब आर्थिक क्रान्ति पुरा गर्नु पर्दछ भन्ने गर्दछन् भने अन्य समूहहरूमध्ये माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपा दुवैले नयाँ जनवादी क्रान्तिको चरण पूरा भयो, अब समाजवादी क्रान्ति गर्नुपर्ने कुरा गरिरहेका छन् । यद्यपि यी दुईमा काफी अन्तर पनि छन् । पहिलोले जो वर्तमान राज्यसत्ता, व्यवस्था तथा संविधानको पक्षधर हो, उसले नेपालमा जनवादी क्रान्तिको कार्यभार पूरा भयो अब समाजवादी क्रान्तिको मार्गतर्फ अग्रसरताको भ्रमपूर्ण कुरा गरिरहेको छ र त्यो सिद्धान्त, विचार आदिका हिसाबबाट गलत छ भनिरहेको छ माओवादी आन्दोलनको अर्को क्रान्तिकारी धारको नेतृत्व गरिरहेको नेकपा (क्रान्तिकारी माओवादी)ले ।
उसले यी दुवै समूहका गलत निष्कर्षहरूको विरोध गरिरहेको छ । उसले यसलाई, खासगरी माओवादी केन्द्रको भ्रमपूर्ण निष्कर्ष भनिरहेको छ । भ्रमपूर्ण यसर्थमा कि २०६२÷०६३को आन्दोलन अर्थात् नेपालमा राजतन्त्र विद्यमान छँदा र अहिले गणतन्त्रपछि सही अर्थमा राजसत्तामा खासै परिवर्तन आएको छैन । हिजोको राजतन्त्र बेलाको राज्यसत्ता दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा थियो, आज गणतन्त्र आएपछि पनि राज्यसत्तामा त्यही दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा छ । जब राज्यसत्तामा कुनै फेरबदल भएको छैन, अनि त्यसलाई कसरी क्रान्ति भयो भन्ने ? उसले माक्र्सको क्रान्तिबारेको यो भनाइमा जोड दिएको छ कि क्रान्ति त्यो होे, जसले एउटा वर्गमा रहेको राज्यसत्तालाई अर्को वर्गमा हस्तान्तरण गर्ने काम गर्दछ । अथवा दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा रहेको राज्यसत्तालाई सशस्त्र बलद्वारा खोसेर देशका गरीब किसान, सुकुमवासी तथा मजदुर आदिको हातमा लैजान्छ । यसलाई अझ स्पष्टसित भन्नु पर्दा–उत्पीडक वर्गको हातबाट राज्यसत्तालाई उत्पीडित वर्गको हातमा लैजान्छ । यस अर्थमा के स्पष्ट छ भने २०६२÷०६३को जन आन्दोलन तथा दश वर्षे जनयुद्धले पनि उत्पीडक वर्गलाई सत्तामा ल्याउन असफल भएको छ र परिणाम उत्पीडक वर्गको हातबाट राज्यसत्तालाई उत्पीडित वर्गको हातमा लैजान असफल रहेको छ । अनि त्यसलाई कसरी क्रान्ति भन्ने प्रश्न माओवादी आन्दोलनभित्रको अर्को घटक– नेकपा (क्रान्तिकारी माओवादी)को दाबी रहेको छ ।
राज्यसत्ता दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा रहुन्जेल अथवा दलाल तथा नोकरशाही पु“जीवादले पुरानै राज्यसत्ता र देशमा साम्राज्यवादी÷विस्तारवादी उत्पीडन जारी रहिरहन्छ । हामी कम्युनिष्टहरूले भन्ने गरेको नेपालजस्ता देशका लागि औद्योगिक पु“जीवाद हो, जसले वैज्ञानिक समाजवादको ढोका खोल्दछ । यसअर्थमा नेकपा (विप्लव) समूहले भन्ने गरेको वैज्ञानिक समाजवादको कुरा पनि भ्रमपूर्ण छ । किनभने वैज्ञानिक समाजवादमा जानका लागि वस्तुगत आधार तयार पार्नका लागि देशमा दलाल तथा नोकरशाही पु“जीवाद नै प्रमुख बाधक बनेर रहेको छ । यसरी विप्लव र प्रचण्ड नेतृत्वका दुवै राजनीतिक दलहरूमा क्रान्तिबारे प्रशस्त भ्रमपूर्ण चिन्तन रहेका छन् जसको सैद्धान्तिक तथा वैचारिक खण्डनको आवश्यकता छ । यसका लागि वर्तमानको राज्यसत्ता, जो दलाल तथा नोकरशाही पु“जीपति वर्गको हातमा रहेको छ, त्यसलाई ध्वंश नपारी क्रान्तिको सम्पन्नताको कुरा परिवर्तनकामी जनताका लागि एउटा बकवास सिवाय अरु केही हुन सक्दैन । यसअर्थमा क्रान्तिको यो महान् अभियानमा नेकपा (क्रान्तिकारी माओवादी) एउटा अविचलित रथको रूपमा अगाडि बढ्नुको विकल्प छैन । [email protected]
जनधारणा साप्ताहिक














