(एनआरएनए)जापानको निर्वाचन नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप

155

-श्याम क्षेत्री

टोकियो / गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि प्रतिस्पर्धीहरुबीच दौडधुप चलेको छ ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको चुनाव आगामी सेप्टेम्बर ८ तारिखमा सम्पन्न हुदैछ । गैरआवासीय नेपाली संघ (एनआरएन)जापानको अध्यक्षयका लागि चारजनाले उम्मेद्वारीको घोषणा गरिसकेका छन् ।

अध्यक्षमा दाबी गर्नेमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामा, वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, उपाध्यक्ष शिवप्रसाद पौडेल तथा आईसीसी सदस्य दिनेश गुरुङ रहेका छन् । अहिले विभिन्न पदमा दाबी गर्ने प्रतिस्पर्धीहरु निर्वाचनको प्रचारप्रसार तथा गुटगत भेला, राजनीतिक समर्थन जुटाउन दौडधुपमा व्यस्त देखिन्छन् ।

वर्तमान कार्यकालमा आफुले धेरै काम गर्न सफल भएको र (एनआरएनए) जापानलाई अझै प्रभावकारी बनाउन आफुले पुनः उम्मेद्वारी दोहो¥याएको वर्तमान अध्यक्ष टासी वाङ्दी लामा जनाउँछन् । लामाकै कार्यकालमा नेपालबाट जापान आएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नुका साथै एनआरएनए जापान ०१७-०१९ कार्यसमितिले आफ्नो कार्यालय खर्च कटौती गरी नेपालका बिभिन्न दुर्गम जिल्लाका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने योजना रहेको जनाए । यदि लामाको कार्यकाल नदोहो¥याए करिब ४० लाख बराबारको मासीक छात्रवृति योजना छुटीएलाकी भन्ने चिन्तीत रहेको जनाउँछन्  ।

अध्यक्षका अर्का प्रत्यासी देवीलाल भण्डारीले आफ्नो पहिलो प्राथमिकता भनेको प्रवासी नेपालीको समस्यालाई तत्काल समाधान गर्ने संरचनाको विकास गर्ने जनाए । उनले प्रवासी नेपालीप्रति सरकारको ध्यान न्यून गएको तथा सरकार र प्रवासीबीचको निकटता घनिष्ट बनाउनका लागि सधै लडिरहने जनाए। कानुनी विवाह, दुर्घटना, निधन, जस्ता बाधा र अड्चनहरुमा एनआरएन जापानले अझ गम्भीरता पूर्वक कार्य गर्ने भण्डारी जनाउँछन्  । जापानमा रहेका नेपाली प्रवासीले उनलाई एक सामाजिक अभियन्ता नै मान्ने गर्दछन् । उनी कार्यसमिति सदस्य हुँदे वरिष्ठ उपाध्यक्षसम्म बन्न सफल भएका थिए । आगामी निर्वाचनमा पनि भण्डारी अध्यक्षको बलियो दाबेदार मानिन्छन् ।

त्यस्तै अर्का आकांक्षी शिव प्रसाद पौडेलले विदेशी सीप र प्रविधि स्वदेशमा भित्र्याउन आफु उन्मुख हुने प्रतिबद्धतासहित अध्यक्ष पदमा आफ्नो दाबी रहेको जनाए । पेशाले जापानका एक सफल नेपाली व्यवसायी पौडेल एनआरएनए जापानको २०१७-१९ को कार्यसमितिको उपाध्यक्षमा राम्रै मत ल्याई प्रत्यक्ष निर्वाचित भएको थियो । व्यवसायका साथसाथै आफुले कमाएको केहि रकम सामाजिक कार्यमा खर्च गर्ने मनसायले पनि पौडेल गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा प्रवेश गरेको जनाउँछन्  ।

एनआरएनए जापानको सल्लाहकार हुदै उपाध्यक्ष सम्म भैसकेका पौडेल सामाजिक र ब्यग्तिगत रुपमा पनि सबैलाई सहयोग गरी सबैको प्यारो बनेको पौडेल पोखरा समाज जापानका निबर्तमान अध्यक्ष समेत हुन् ,उनकै कार्यकालमा नेपालको कास्की स्थित पामेमा रहेको विद्यालयमा छात्रवृति समेत प्रदान गरेको थियो । पढाईमा अब्बल पौडेल नेपालमा रहदा विद्यालयमा शिक्षकको रुपमा काम गर्नु हुन्थ्यो । त्यसैले पौडेललिई आगामी निर्बाचनको बौदिक रुपमा बलियो दाबेदारको रुपमा मानिन्छन् ।

संस्थाको नेतृत्वका लागि आफ्नो उम्मेद्वारी अपरिहार्यता र महत्वाकांक्षी रहेको बताउँछन् दिनेश गुरुङ । आइसीसीसिमा रहेर काम गरेर सफलता हासिल गरिसकेका दिनेश गुरुङ जापानका एक सफल नेपाली व्यवसायी पनि हुन् । एनआरएन जापानलाई सबैको साझा संस्थाको रुपमा विकास गर्ने लक्ष्यसाथ नेतृत्वमा पुग्न आफ्नो उम्मद्वारी रहेको बताउँछन् दिनेश गुरुङ । गुरुङले जापानमा रहेका सबै नेपालीहरुलांई लक्षितगरी नेपाल हाउस निर्माण गर्ने र यहाँ रहेका नेपालीहरुलीई जापान बसाईमा एनआरएन जापानले सहयोगिको भुमिका खेल्ने वातावरणको पूर्वधार निर्माण गर्ने जनाए । नेपाल हाउस भित्र नेपालमा लगानि तथा भ्रमणको लागि जाने जापानिजहरुलांई नेपाल सरकारको सहयोगि बनि नेपाल भ्रमण जाने जापानिजलाई नेपालको बारेमा जापानिज भाषामा नै जानकारी दिनेको पनि व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।

आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै क्षेत्रीय समितिहरुमा समय समयमा अन्तरक्रिया कार्यक्रम राख्ने र जापानमा रहेका प्रवासी नेपालीहरुको समस्याहरुलाई पहिचान गरी तत्काल निराकरण गर्नका लागि काम गर्ने दिनेश गुरुङ जनाउँछन्  ।जापानमा भएका आदिबासी जनजाति संघ सस्थाहरुमा आफ्नो राम्रै सम्बन्ध रहेकोले पक्कै पनि अबको निर्बाचनमा साथ दिए आफ्नो जित पक्का हुने गुरुङको दाबी छ ।  तमु धी जापानको अध्यक्ष समेत भईसकेका गुरुङ स्याङजा समाज अन्तराष्ट्रीय समन्वय परिंषदका वर्तमान सरंक्षकको भुमिकामा पनि काम गरिरह्का छन् ।

राष्ट्रिय समन्वय परिषदले २०१९ र २१ को लागि निर्वाचन समिति गठन गरेको छ ,जसमा ओम गुरुङ प्रमुख निवार्चन आयुक्त रहने गरि सदस्यमा शरद गौचन र शालिकराम भण्डारीलाई चयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here