घोराही-७ को वार्षिक समिक्षा,करिव १७ लाख राजश्व संकलन

169

-विमल योगी
दाङ / घोराही उप महानगरपालिका वडा नम्वर ७ को आयोजनामा आर्थिक वर्ष २०७५/०७६ सालको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा बार्षिक समिक्षा कार्यक्रम भएको हो । वडामा सञ्चालन भएका पूर्वाधार विकास,सामाजिक विकास तथा अन्य गतिविधिको समिक्षा गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा वडा सचिव चन्द्रबहादुर केसीले वडाले गत आ.व.२०७५/०७६ सालमा सञ्चालन गरेका गतिविधिका वारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार ७ नं.वडाले गत बर्ष ६३ वटा पूर्वाधार र सामाजिक विकासका योजना छनौट गरेकोमा ६२ वटा सम्पन्न भएको जानकारी गराउनुभएको थियो ।

यस्तै वडामा ७० वटा व्यावसया दर्ता,१६ लाख ९४ हजार एक सय ८५ रुपैया राजश्व संकलन भएको छ । कार्यक्रममा बोल्दै घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले जनतालाई प्राविधिक सेवा स्थानिय स्तरबाटै दिनका लागि यसै आर्थिक बर्षदेखी प्रत्येक वडामा एक जना इञ्जिनियर वा सव इञ्जिनियर खटाउन थालेको जानकारी दिनुभयो ।

उपभोक्ताहरुले योजनाको काम गर्दा धेरै प्राविधिक समस्या आएको गुनासो गरेको भन्दै उहाँले अव वडामा फुल टाइम काम गर्ने गरी वडामा इञ्जिनियर खटाउन थालेको जनाउनुभयो । परम्परागत तरिकाबाटै हुदै आएको बिकासलाई परिमार्जित गर्दै दिगो र भावि सन्तत्ती समेत गर्व गर्न लायक हुनुपर्ने भन्दै उहाँले योजनाका काम गर्दा आफ्नै सम्झेर गर्नुपर्ने जनाउनुभयो । नगरमा सिँचाईको अभाव हुन नदिन र नगरवसाीलाई उत्पादन संग जोड्न सवै वडामा कम्तीमा एक ड्याम बनाउने नीति रहेको भन्दै उहाँले ७ नम्वरमा पनि यसै बर्षदेखी ड्याम निर्माणको काम सुरु हुने जनाउनुभयो ।

कार्यक्रममा अन्य उपभोक्ता तथा टोल बिकास संस्थाका प्रतिनिधिहरुले बोल्ने क्रममा बिकास निर्माणका काम गर्दा प्राविधिक समस्याका साथै ढुंगा गिट्टीको सहज आपूर्ति हुन नसकेको गुनासो गरेका छन् । बक्ताहरुले वडामा कृषी तथा पशुको प्राविधिक सेवा लिन नसकेको भन्दै आगामी दिनमा यस्तो सेवा वडा तहबाटै पाउने व्यवस्था गर्न सुझाव दिएका छन् ।

कार्यक्रममा सहभागीको जवाफ दिदै वडा अध्यक्ष खोपीराम चौधरीले सवै टोलको समानुपातिक बिकास गर्न वडा लागि परेको भन्दै बिकासमा जनताको साथ र सक्रियता आवश्यक रहेको जनाउनुभयो । उहाँले प्रदेश,केन्द्र तथा नगरसंगको समन्वयमा गतबर्षदेखी सर्रा सौडियार बेलहरी र कनरिया सडक पिच सुरु भएको तथा तल्लो दामोदर रोडको स्तर उन्नती,बेलहरीमा सिँचाई तथा खानेपानीका लागि डिप बोरिङ निर्माण,बेलहरीदेखी हनरिया हुदै नापीडाडा सम्म सडक स्तर उन्नतीका योजना यसै बर्षदेखी सुरु हुन थालेको जानकारी दिँदै मा.वि.सौडियारमा कृषी बिषयमा पढाई सुरु गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा मा.वि.सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम,शुक्रवार टोल बिकास संस्थाका अध्यक्ष लक्ष्मिप्रसाद चौधरी,हनरिया टोल बिकास संस्थाका अध्यक्ष क्रिमलाल चौधरी,घुस्रा टोल बिकास संस्थाका अध्यक्ष रोवरबहादुर केसी,कनरिया टोल बिकास संस्थाका अध्यक्ष अमृता बि.क.समाजसेवी भुपबहादुर शाह,सेनराज शाह,खोपेन्द्रराज शर्मा लगायतले बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here