नेपाल–भारतको सीमाक्षेत्र ७२ घण्टाका लागि बन्द

155

वीरगन्ज। तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अति आवश्यक सेवाबाहेक अन्य बाहनलाई आवतजावतमा रोक लगाइएको छ भने नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ आउने सवारी साधनबाहेक पैदल यात्रुलाई कडाइका साथ जाँच गरी आवतजावत गर्न दिएको छ ।

एम्बुलेन्स र पेट्रोलियम गाडी तथा भारतबाट रेलमार्ग हँुदै अलौँस्थित सुक्खा बन्दरगाहसम्म रेल तथा कन्टेनरलाई सामानसहित आवतजावत गर्न दिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो ।

यसैगरी नेपाल–भारतको सीमाक्षेत्रअन्तर्गत पर्साको इनर्वा, पगेना, बलरामपुर, भेलाई, सिंकटा ,नरकटियागन्ज तथा बाराको आदापुर, घोडासहन, छोरादानो लगायतका नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

पैदल यात्री, बिमारी बोकेको एम्बुलेन्स तथा अति आवश्यक कामबाहेकका कसैलाई पनि आवतजावत दिएको छैन ।

केही दिनअघि नेपाल–भारतका सुरक्षा अधिकारीको वीरगन्जमा भएको नेपाल–भारत संयुक्त बैठकले प्रदेश नं २ हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएअनुरुप भारतीय अधिकारी पनि आफ्नो नाकामा कडाइ गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here