काठमाण्डौँ । चिकित्सा क्षेत्र सुधारको माग राखेर १३अौँ अनशन बसेका डाक्टर गोविन्द केसीले अनसनको तेस्रो दिन मागहरुलाई परिमार्जन गरेका छन्। ४ बुँदे माग राखेर अनशन बसेका केसीले माग परिमार्जन गर्दै ७ बुँदे बनाएका छन्।
अनशन सुरु गर्दा डाक्टर केसीले राखेका ४ बुँदे मागमा चिकित्सा क्षेत्र बाहिरका मागहरु समेटिएका थिए। अहिले परिमार्जित गरिएको मागमा शिक्षा मन्त्रीले सिटीइभिटी मार्फत सम्बन्धन दिएका दर्जनौँ कलेजको सम्बन्धनको फिर्ता हुनुपर्ने छ।
त्यसैगरि चिकित्सकहरुले बिगत लामो समयदेखि राख्दै आएका मागहरु पुरा गर्ने माग समेत डा।केसीको परिमार्जित माग छ। भने अन्य मागहरु यथावत नै राखिएको छ।

















