माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता

417
g]skf dfcf]jfbL s]Gb| / g]skf ;+o'Qm aLr kf6L{ Pstf 3f]if0ff sfo{qmddf ;+o'Qm k|]; jStJodf x:tfIf/ u/]kl5 xft ldnfob} cWoIf k'iksdn bfxfn k|r08 / u0f]z zfx . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ। नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता भएको छ ।
बुधबार एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको धु्रवीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने – “नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट २१औं शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।”
उनले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिंदै यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गरे।
आफूले पटक÷पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उनले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा एमालेसहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताए।
संयुक्तका सबै नेता, कार्यकर्तालाई उनीहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने उनले स्पष्ट पारे।
कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिए ।
कम्युनिष्ट पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उनले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here